जिल्ला अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामीहरुकाे संख्यामा वृद्धि

५ बर्ष अघि

२0७५ मंसिर २६ बुधबार

जिल्ला अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामीहरुकाे संख्यामा वृद्धि

ललित सामन्त मंसिर २६, दार्चुला ।  जिल्ला अस्पताल दार्चुलामा  सामान्य रुघाखोकी र ज्वरोका बिरामी वृद्धि भएकाे छ ।चिसाेकाे मौसम शुरु भएसँगै  रुघाखोकी र ज्वरोका बिरामीहरुकाे संख्या वृद्धि भएकाे जिल्ला  अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालले बताउनु भयाे । जिल्ला  अस्पताल दार्चुलाका डाक्टर  दुवालका अनुसार चिसाेकाे बढेकाले रुघाखाेकीमा इन्पुलुएन्जा भाइरस जस्ता भाइरस देखिएकाे राेग लागेमा  हेलचेक््रयाई नगरीकन तुरुन्तै उपचार गर्नुपर्ने बताएका छन् । 

ज्वरो तथा रुघाखोकीका लागेका बिरामीहरु प्रतिदिन  ४०  देखि ५० जना जति बिरामीहरु आउने गरेको  जिल्ला अस्पताल दार्चुलाले जनाएकाे छ ।  ज्वरो र रुघाखोकीबाट बच्नका लागि  न्यानो कपडा लगाउने, ताताे पानी लगायत स्वास्थ्य अवस्थामा जाेड दिनु पर्ने जिल्ला  अस्पताल दार्चुलाका डाक्टर  दुवालले बताउनु भयाे । चिसाे बढेकाले निमाेनिया, ज्वराे लगायत अन्य राेग पनि लाग्न सक्ने भएकाले रुघा खाेकी लगेकाे तथा ज्वराे अाएकाे सामान्य लक्षण देखा पर्ना साथ अाैषधी प्रयाेग गर्नुपर्ने जिल्ला  अस्पताल दार्चुलाका डाक्टर  दुवालले बताउनु भयाे । जिल्ला अस्पतालमा रुघाखाेकी  तथा ज्वराेकाे अाैषधी उपलब्ध रहेकाे छ ।