कर्मचारी अभावमा तड्पेको स्थानीय सरकार अन्यौलमा (भिडियो सहित)

६ बर्ष अघि

२0७५ बैशाख २९ शनिबार

कर्मचारी अभावमा तड्पेको स्थानीय सरकार अन्यौलमा (भिडियो सहित)

दृष्टिकोण समाचार दार्चुला । अहिले नेपालको व्युरोक्रेसीमा महासंकटकाल लागेको छ । देशले अपनाएको संघियताको नयाँ मोडल कार्यान्वयन गर्न स्थानीय सरकारलाई कर्मचारीको आवस्यकता परेको छ । नेपालको नयाँ संविधानले लोकतान्त्रिक गणतन्त्रात्मक संघिय नेपालको परिकल्पना गरेसँगै यो अवस्थासम्म आईपुग्दा स्थानीय, प्रदेश तथा संघिय सरकार गठन भईसकेका छन् । 
संविधानतः बनेको यो व्यवस्था कार्यान्वयन गर्ने तह जो राज्य सञ्चालनको कार्यपालिकाको रुपमा रहेको कर्मचारी समायोजनमा निकै संक्रमणकाल लागेको छ । नयाँ व्यवस्था अनुसार कर्मचारी समायोजन हुन नसक्दा संघिय व्यवस्था कार्यान्वयन हुन सकिरहेको छैन । 
दार्चुला जिल्लाको अति दुर्गम क्षेत्रमा रहेको अपिहिमाल गाउँपालिकामा अहिले त्यस्तै समस्या भइरहेको छ । अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल डिएनले जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको सर्वपक्षिय बैठकमा उक्त कुरालाई गम्भिरतापुर्वक हेरिनु पर्ने बताएका छन् । 
जिल्ला समन्वय समिति प्रमुख करविरबहादुर कार्की, प्रमुख जिल्ला अधिकारी खुमकान्त आयार्च सहित सबै स्थानीय तहका प्रमुखहरु राजनीतिक दलका पदाधिकारी सम्मीलित बैठकमा उक्त कुराबारे छलफल गरिएको हो । 
कर्मचारी समायोजन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी खुमकान्त अधिकारीले कर्मचारी अभावको विषयले सबैलाई असहज भएको बताएका छन् । जिल्ला स्तरबाट सम्भवहुने कर्मचारी समायोजनमा अहिले सरकारको नीतिपनि सुरुमा स्थानीय सरकारमा कर्मचारी पुरा गर्ने र त्यसपछि मात्रै प्रदेश र केन्द्रमा कर्मचारी परिपुर्ती गर्ने बताए । तर काम नगर्ने उपस्थित नहुने कर्मचारीको बारेमा सबैलेसँगै बसेर समाधान गर्नु पर्ने बताएका छन् । जिल्लामा राम्रो काम गर्न कै लागि आफु दार्चुला आएको भन्दै प्रमुख जिल्ला अधिकारी आचार्यले आफुलाई भरपुर प्रयोग गर्न सबैलाई आग्रह गर्नु भएको छ ।