भारतीय प्रधानमन्त्री मोदीले विजय हुने  कांग्रेस पार्टी दिए बधाई

५ बर्ष अघि

२0७५ मंसिर २६ बुधबार

भारतीय प्रधानमन्त्री मोदीले विजय हुने  कांग्रेस पार्टी दिए बधाई

दृष्टिकोण समाचार, २६ मंसिर ।भारतीय प्रधानमन्त्री मोदीले विजय हुने  कांग्रेस पार्टीलाई बधाई दिएका छन् । भारतीय राष्ट्रिय कांग्रेसले मध्यप्रदेशमा १ सय १४, राजस्थानमा १सय १ र छत्तीसगढमा ६८ स्थानमा जित हासिल गरेको छ । मध्यप्रदेशमा बहुमतका लागि दुई सिट कम छ भने राजस्थान र छत्तीसगढमा कांग्रेसको एकल बहुमत पुगेको छ । कांग्रेसको मिजोरममा २९ र तेलगंनामा १६ सिट घटेको छ । मिजोरममा २६ सिट जितेर बहुमत ल्याएको मिजु नेसनल फ्रन्ट (एमएनएफ) र तेलंगनामा ८८ स्थानमा जित हासिल गरेको टिआरसीलाई पनि मोदीले बधाई दिएका छन् ।

भारतमा प्रचण्ड बहुमत सहित केन्द्रमा सरकार चलाइरहेको भारतीय जनता पार्टी (भाजपा)ले अघिल्लो निर्वाचनको तुलनामा १सय ८५ सिट गुमाएकाे छ । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच राज्यको विधानसभा निर्वाचन परिणाम सार्वजनिक भएपछि हारजीत जीन्दगीको हिस्सा भएको  समेत बताएका छन् । भारतीय प्रधानमन्त्री  मोदीले विधानसभा चुनावमा आफ्ना कार्यकर्ताले दिनरात मेहेनत गरकाे भन्दै प्रशंसा  गर्नुका साथै उनले मंगलबार ट्विटरमा हारजीत जिन्दगीको हिस्सा भएकाे  समेत दाबी गरेका छन् । नतिजा सार्वजनिक भएपछि भारतीय प्रधानमन्त्री  मोदीले जनताको म्यान्डेट स्विकार्य भएको बताएका छन् । भारतका  छत्तीसगढ, मध्यप्रदेश र राजस्थान गरी तीनवटै राज्यमा आफ्नो पार्टीको सरकारले अथक रुपमा जनताको काम गरेको भारतीय प्रधानमन्त्री  मोदीले बताउनु भयाे  । यसपाली मध्यप्रदेशमा ५७, राजस्थानमा ९० र छत्तीसगढमा ३४ सिट गुमाएको भाजपा तीन वटै राज्यमा दोस्रो ठूलो दल बनेको छ । अघिल्लो चुनावमा पाँच सिट जितेको तेलंगनामा भाजपाले एक सिट मात्रै जितेको छ भने मिजोरममा पहिलो पटक एक सिट जित्न सफल भएको छ ।