बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

५ बर्ष अघि

२0७५ मंसिर २६ बुधबार

बलात्कार गरेको आरोपमा   एक युवक पक्राउ

दृष्टिकोण समाचार, २६ मंसिर ।अछाम । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै अवस्थामा अछाममा एक किशोरीमाथि जबर्जस्ती करणी भएको थियाे  । १७ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३३ वर्षीय एक युवक पक्राउ गरेको हो ।  बलात्कारकाे आरोपमा जिल्लाको साँफेबगर नगरपालिका वाड नम्बर ४ भण्डारी भन्ने गाउँमा  बस्ने ३३ वर्षीय मिलन भुललार्इ प्रहरीले पक्राउ गरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे  छ । किशोेरीले दिएको जाहेरीका आधारमा भुललाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताउनुभयो । भुलले यही मङ्सिर २३ गते आइतबार ती किशोरीमाथि जबरजस्ती करणी गरेपछि किशोरीले साँफेबगर इलाका प्रहरी कार्यालयमा जानकारी दिए पछि प्रहरीले भुललाई घरबाटै पक्राउ गरेकाे हाे । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी शाहीले बताउनुभएको छ ।