मुख्यमन्त्रीको पुतला दहनः पन्तकाे हत्यारा पत्ता लगाउन सरकारलार्इ दबाब

५ बर्ष अघि

२0७५ मंसिर २५ मंगलवार

मुख्यमन्त्रीको पुतला दहनः पन्तकाे हत्यारा पत्ता लगाउन सरकारलार्इ दबाब

दृष्टिकोण समाचार, २५ मंसिर ।धनगढी । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी  निर्मला पन्तका हत्यारा पत्ता लगाई कारबाहीको माग राख्दै सुदुरपश्चिम प्रदेश  मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि नेपाल विद्यार्थी संघ, महिला संघका कार्यकर्ताले विरोध प्रर्दशन गरेका छन् । प्रर्दशनकारी  मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको पुतला दहन गरेका छन् ।

मंगलबार दिउँसो आक्रोसित बनेका  प्रर्दशनकारीहरुले साढे ४ महिना सम्म सरकारले पन्तकाे हत्यारा पत्ता लगाउनु नसक्नुकाे साथै  नक्कली आरोपी खडा गर्ने जस्ता गलत प्रयास गरेको भन्दै मुख्यमन्त्रीको पुत्ला जलाएका हुन् । मुख्यमन्त्रीको मुल गेट अगाडिको सडकमा भने टायर जलाएर विरोध प्रर्दशन गर्ने क्रममा करिव १ घण्टा सडक अवरुद्ध भएको थियो।  प्रर्दशनकारीले “सरकार भेटियो, न्याय भेटिएन” नारा लगाएका थिए। नेपाल विद्यार्थी संघका कार्यबाहक अध्यक्ष भेष बलले  निर्मलाले न्याय नपाए सम्म आन्दोलनलाई निरन्तरता दिने बताएका छन् ।