दार्चुलामा सुन्तला र मौसमीको उत्पादन बढ्यो

५ बर्ष अघि

२0७५ मंसिर २५ मंगलवार

दार्चुलामा सुन्तला र मौसमीको उत्पादन बढ्यो

सुलोचना महता, मंसिर २५ दार्चुला । दार्चुलामा यस वर्ष सुन्तला र मौसमी लगायतका हिउँदे फलफुल उत्पादन बढेको छ । यो बर्ष समयमै पानी परेको र असिना लगायत हावाहुरी तथा रोगकिरा नलागेपछि गत वर्ष भन्दा यो वर्ष उत्पादन बढेको छ । यस वर्ष बोट भरी सुन्तला फलेको छ, दाना पनि ठुलो—ठुलो लागेको छ । अनुकुल मौसम भएपछि सुन्तला र मौसमी फलेको महाकाली नगरपालिका वाड नम्बर ३ का किसान मानमती महराले बताउनु भयो । 
महराले गएको वर्ष सुन्तला विक्री गरेर २ लाख रुपैयाँ आम्दानी गरेका छन् । साथै मौसमी विक्रि गरेर १ लाख रुपैँया आम्दानी गरेको महाराले बताउनु भयो । महराका अनुसार गत वर्षको भन्दा यो वर्ष सुन्तला र मौसमी उत्पादन बढी भएकाले आम्दानी पनि राम्रो हुने आशा बढेको छ । 
महाकाली नगरपालिका वाड नम्बर ७ का प्रेम बहादुर ठगुन्नाको पनि यो बर्ष सुन्तला उत्पादन बढेको छ । सदरमुकाम खलंगा बजारमा प्रतिदिन ३ वटा डोको सुन्तला विक्रि गर्ने ठगुन्नाले दैनिक  चार हजार रुपैँयसम्म आम्दानी हुने गरेको बताए ।
हाल बारीमा रहेका डेढ सय जति सुन्तलाका बोटहरुमा राम्रो फल  लागेको उहाँको भनाई छ । यो वर्ष सबैतिर हिउँदे फलफुल सुन्तला, मौसमि, कागती, लगायतका फलफुल उत्पादन बढेको छ । 
दार्चुलामा सुन्तला मौसमको बजार पनि राम्रो छ । यस बाहेक सीमावर्ती बजार धारचुलामा पनि विक्रिहुने गरेको दुहुँ गाउँपालिका वाड नम्बर ३ बस्ने करबीर सिहँ कार्की बताउनु भयो  । हाल दार्चुला सदरमुकाम खलांगा बजारमा सुन्तला प्रति केजी ९० देखि १ सय  रुपैयाँ र मौसमीको प्रति केजी ७० देखि ८० रुपैँयाका दरले बिक्री भइरहेको छ । यस बाहेक प्रतिदाना ५ देखि २० रुपैँया सम्म पनि विक्री हुने गरेको छ । 
दार्चुला जिल्लाका महाकाली नगरपालिका निशिल, दुहुँ गाउँपालिकाको धारी, ब्रह्मदेब, व्याँस गाउँपालिकाको बसेडी, हुती लगायतको क्षे    त्र सुन्तलाको उत्पादन बढी हुने क्षेत्र हुन् । 
पछिल्लो समय दार्चुला जिल्लाका अन्य धेरै क्षेत्रहरुमा सुन्तला खेती गर्ने किसानहरु बढी रहेका छन् ।