सकिए अभियानका १६ दिन, लैङ्गिक हिंसाको अन्त्य हुनु पर्नेमा जोड  

५ बर्ष अघि

२0७५ मंसिर २४ सोमबार

सकिए अभियानका १६ दिन, लैङ्गिक हिंसाको अन्त्य हुनु पर्नेमा जोड  

ललित सामन्त, २४ मंसिर दार्चुला । म‌ंसिर ९ गते देखि मंसिर २४ गते अाज सम्म अर्थात (२५ नोभेम्बर देखि १० डिसेम्बर‍‌) सञ्चालन भएको १६ दिने अन्तराष्ट्रिय  लैङ्गिक हिंसा विरुद्धको अभियान समापन गरिएको छ । विश्वभर विविध कार्यक्रम गरी १६ दिन सम्म उक्त अभियान सञ्चालन गरिएको छ । ‘लैङ्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने मुल नाराका सञ्चालन गरिएको यस बर्षको अभियान समापनका दिन दार्चुलामा पनि महाकाली नगरपालिका आयोजनामा कार्यक्रम गरिएको छ । 
कार्यक्रममा बोल्ने सबै बक्ताहरुले लैङ्गिक हिंसाको न्युनिकरण भन्दा पनि यसको अन्त्य हुर्न पर्नेमा जोड दिएका छन् । साथै महिला तथा लैङ्गिक हिंसा विरुद्ध बक्तृत्वकला, सडक नाटक तथा विभिन्न जनचेतना मुलक कार्यक्रम गरिएको छन् । 
महेन्द्र नमुना मावि खलंगामा आयोजित कार्यक्रममा महाकाली नगरपालिकाका उप प्रमुख सुना बोहोराको अध्यक्षता एवम् सुदुरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशीको प्रमुख आतिथ्त्यता रहेको थियो । कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य गेल्बु सिह बोहोरा विशिष्ट अतिथी रहेका थिए । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, महाकाली नगरपालिकाका नौ वटै वडाका वडा अध्यक्ष, तथा कार्यपालिका सदस्यहरु,  विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवंम् प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख, राजनीतिकदलका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थी, लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।