शंकरपुर मा वि पस्तीका स्रोतव्यक्ति सामन्तको विद्यालयले गर्यो विदाई ।

५ बर्ष अघि

२0७५ मंसिर २३ आईतवार

शंकरपुर मा वि पस्तीका स्रोतव्यक्ति सामन्तको विद्यालयले गर्यो विदाई ।

ललित सामन्त ,मंसिर २३ दार्चुला । विगत लामो समय सम्म स्रोत व्यक्तिका रुपमा चिनिने गजेन्द्र सिह सामन्तको आज शंकरपुर मावि पस्तीले विदाई गरेको छ । विद्यालयका प्रधानाध्यापक धनन्जय पन्तको अध्यक्षता एवम् विद्यालयका स्रोत व्यक्ति गजेन्द्र सिह सामन्तको प्रमुख आर्थित्यतामा कार्यक्रम सम्पन भएको विद्यालयका प्रधानाध्यापक धनन्जय पन्तले बताउनु भयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले अहिले सम्मका दिनहरु राम्रो संग वितेको र अबका दिनहरु पनि फलदायीरुपले अगाडी बडनुका साथै भावी जिवन सुखमय वितोस भनि शुभकामना दिनु भएको । कार्यक्रममा विदाई भएर जाने विद्यालयका स्रोत व्यक्ति सामन्तले शंकरपुर मावि पस्तीको लागि अहिले पनि कदम चालिरहेको र विदाई भएर गएपनि विद्यालयको क्षेत्रमा काम गर्ने बताउनु भयो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सास्कृतिक कार्यक्रमहरु लगायत शुभकामना दिएर विदाई गरेको विद्यार्थी सुनिल बाबु पन्तले जानकारी दिनु भएको छ ।शिक्षक विद्यार्थीहरु लगायत त्यहाका स्थानीयहरुले अविर फुर माला मायाको चिनो दिएर विदाई गरेको विद्यालयका प्रधानध्यापक पन्तले बताउनु भयो ।