नौगाडमा दुई दिने घुम्ती शिविर सम्पन्न, तीन सय नागरिकले पाए सेवा

५ बर्ष अघि

२0७५ मंसिर २३ आईतवार

नौगाडमा दुई दिने घुम्ती शिविर सम्पन्न, तीन सय नागरिकले पाए सेवा

दृष्टिकोण समाचार, २३ मंसिर दार्चुला । दार्चुला जिल्लाको मार्मा क्षेत्रमा रहेको नौगाड गाउँपालिकामा शनिबारबाट शुरु भएको दुई दिने घुम्ती शिविर सम्पन्न भएको छ । 
शिविरमा नेपाली नागरिकता, फोटो सहितको मतदाता परिचय पत्र वितरण, निशुल्क स्वास्थ्य शिविर र घरेलु तथा साना उद्योग विकास समितिबाट उपलब्ध हुने सेवा दिइएको छ । 
दुई दिन सम्म सञ्चालन गरिएको शिविरमा १ सय ४० जनाले स्वास्थ्य सेवा लिएका छन् । त्यसैगरी पहिलो दिन ९२ र दोश्रो दिन ७० जना गरी १ सय ६२ जनाले नेपाली नगरिकताको प्रमाण पत्र लिएका छन् भने सोही संख्यामा फोटो सहितको मतदाता नामावली परिचय पत्र जारी गरिएको छ । त्यसैगरी घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयबाट जडिबुटी प्रशोधन सम्बन्धीको एक उद्योग दर्ता गरिएको छ । नौगाड गाउँपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालय दार्चुलाको संयोजनमा गाउँपालिकाबाटै नागरिकता, मतदाता परिचयपत्र, स्वास्थ्य सेवा र अन्य विभिन्न सेवा दिनको लागि शिविर आयोजना गरिएको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले जानकारी दिनुभयो । साथै शिविरमा सहयोग पु¥याउने जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र नेपाली सेनाको स्वास्थ्य टोली, घरेलु कार्यालय, जिल्ला निर्वाचन कार्यालयलाई गाउँपालिकाले धन्यबाद ज्ञापन गरेको छ । शिविर सञ्चालन पश्चात स्थानीयहरुले गाउँघरमै सेवा प्राप्त गरेकोमा खुसी भएका छन् ।