छोराबाटै बुवा र ठुला बुवाको हत्या, आमा घाईते

५ बर्ष अघि

२0७५ मंसिर २२ शनिबार

छोराबाटै बुवा र ठुला बुवाको हत्या, आमा घाईते

 

दृष्टिकोण समाचार, २२ मंसिर । कैलालीको लम्की–चुहा नगरपालिका ४ बलिया गाँउमा छोराले अाफनाे बुवा र ठुला बुवाकाे हत्या गरेका छन्।  बलिया गाँउमा बस्ने जहरीलाल चौधरीले बुवा चक्रा थारु र ठुला बुवा पल्टु थारुको हत्या गरेका ईलाका प्रहरी कार्यालय लम्कीले जनाएकाे छ । हत्या गर्ने चाैधरीलार्इ प्रहरीले पक्राउ गरेको छ । आमा  द्धीलबहादी देवी थरुनीको टाउको र बाँया कानमा चोट लागेकोमा लालरत्न अस्पताल लम्कीमा उपचार भैरहेको छ। श्रीमती माईत गएको र आफुलाई जानकारी नगराई किन माईत पठाएको भन्दै काठको खन्तीले बुवा, ठुला बुवा र आमालाई ढोका थुनेर हानेको जहरीलाल चौधरीले बयान दिएको ईलाका प्रहरी लम्कीले बताएको छ। घटना बारे थप अनुुसन्धार भइरहेकाे प्रहरीले जनाएकाे छ ।