नेपाल अाइडल सिजन –२ काे टप ४ मा पग्ने रविलार्इ भव्य स्वागत सहित नगरपरिक्रमा

५ बर्ष अघि

२0७५ मंसिर २२ शनिबार

नेपाल अाइडल सिजन –२ काे टप ४ मा पग्ने रविलार्इ भव्य स्वागत सहित नगरपरिक्रमा

दृष्टिकोण समाचार, २२ मंसिर । नेपाल आइडल सिजन–२ को टप ४ मा पुग्न सफल रवि ओडलाई कैलालीको धनगढीमा भव्य स्वागत  सहित नगरपरिक्रमा गरिएकाे छ  । अाेडलार्इ आज बिहान धनगढीमा विमानस्थलमा उनका समर्थकले भव्य स्वागत गरेका छन्  । रविले अबका दिनमा हुने विभिन्न स्थानमा हुने सांगीतिक कार्यक्रममा पनि सहभागिता जनाउने छन् ।  धनगढी विमानस्थल मै आयोजित पत्रकार सम्मेलनमा बोल्दै रविले यो स्थानसम्म साथ दिने सबै समर्थकलाई धन्यवाद व्यक्त गरे । अहिलेसम्म दर्शक–स्रोताले दिएको साथले नै अाफु सफलतामा पग्न सकेकाे रविले बताएका छन् । दर्शक–स्रोताहरुले दिएकाे साथ, हौसला, मायाले पाएकाेमा असाध्यै खुसी व्यक्त गरदैँ आगामी दिनमा पनि यही साथ, सहयाेग तथा मायाको अपेक्षा गरेकाे रविले बताउनु भयाे । रविले तीन दिनसम्म सुदूरपश्चिमै रहेर  समर्थकसँग भेटघाट र सांगीतिक कार्यक्रम अायाेजना गरिने बताए ।