नौगाड गाउँपालिकामा दुई दिने घुम्ती शिविर सञ्चालन

५ बर्ष अघि

२0७५ मंसिर २२ शनिबार

नौगाड गाउँपालिकामा दुई दिने घुम्ती शिविर सञ्चालन

दृष्टिकोण समाचार, २२ मंसिर दार्चुला । दार्चुला जिल्लाको मार्मा क्षेत्रमा रहेको नौगाड गाउँपालिकामा शनिबारबाट दुई दिने घुम्ती शिविर सञ्चालन गरिएको छ । नौगाड गाउँपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालय दार्चुलाको संयोजनमा गाउँपालिकाबाटै नागरिकता, मतदाता परिचयपत्र, स्वास्थ्य सेवा र अन्य विभिन्न सेवा दिनको लागि शिविर आयोजना गरिएको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले जानकारी दिनुभयो ।
शिविरमा नेपाली नागरिकता, फोटो सहितको मतदाता परिचय पत्र वितरण गरिने छ । त्यसबाहेक स्वास्थ्य शिविर, घरेलु तथा साना उद्योग विकास समितिबाट उपलब्ध हुने सेवा पनि दिइने छ । शिविरको क्रममा नौगाड गाउँपालिकका सबै वडा कार्यालयहरुपनि गाउँपालिका केन्द्रबाटै सञ्चालन भई रहेका छन् । जिल्ला प्रशासन कार्यालको तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवर, निर्वाचन कार्यालयका निमित्त प्रमुख आनसिह डागा, जिल्ला अस्पताल दार्चुलाबाट डा. अनिलसिह बडाल, र नेपाली सेनाको तर्फबाट सेनानी डा.साजन महर्जनको नेतृत्वमा रहेको चिकित्सकहरुको टोलीले स्वास्थ्य परिक्षण गरिरहेका छन् । शनिबार विहान नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीको अध्यक्षतामा सुरु भएको घुम्ती शिविरमा प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य र जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको छ । शिविर मंसिर २३ गतेसम्म सञ्चालन हुनेछ । शिविरमा विहान ९ बजे देखि बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ ।