स्पेलिंग कन्टेस्टमा न्यू मोडल स्कुल प्रथम  

५ बर्ष अघि

२0७५ मंसिर २१ शुक्रबार

स्पेलिंग कन्टेस्टमा न्यू मोडल स्कुल प्रथम  


दृष्टिकोण समाचार, २१ मंसिर दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका वाड नम्बर ४ को एसियन एकडेमी स्कुलमा सञ्चालन भएको स्पेलिंग कन्टेस्टमा न्यू मोडल स्कुल गल्फैले प्रथम स्थान हासिल गरेको छ ।  एसियन एकेडेमीले  हिजो विहिबार सञ्चालन गरेको  स्पेलिंग कन्टेष्टमा न्यू मोडल स्कुल गल्फै प्रथम भएको हो ।  
त्यस्तै कार्यक्रममा अमटिकर पब्लीक स्कुलले द्धितीय स्थान र एसियन एकडेमीले तृतीय स्थान हासिल गरेको छ । स्पेलिंग कन्टेस्ट कार्यक्रममा प्रथम स्थान हासिल गर्न सफल न्यू मोडल स्कुलले नगद १ हजार ५ सय रुपैँया शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै द्धितीय अमटिकर पब्लीक स्कुलले  नगद १ हजार रुपैँया शिल्ड, मेडल तथा प्रमाण पत्र र तृतीय स्थान प्राप्त गर्ने एसियन एकडेमी स्कुललाई ५ सय  रुपैँया शिल्ड, मेडल तथा प्रमाण पत्र प्रदान गरीएको एसियन एकडेमीका शिक्षक राजेन्द्र लेखकले बताउनु भयो । स्पेलिंग कन्टेस्टमा ६ वटा छिमेकी मुलुक भारतको धारचुलाबाट प्राइभेट र १५ वटा सदरमुकाम खलंगामा रहेका प्राइभेट विद्यालयहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।