सञ्चारकर्मी दुधका साक्षी बिरालो नबनौः अर्जुन शाह 

५ बर्ष अघि

२0७५ मंसिर २१ शुक्रबार

सञ्चारकर्मी दुधका साक्षी बिरालो नबनौः अर्जुन शाह 

दृष्टिकोण समाचार, २१ मंसिर दार्चुला । नेपाल पत्रकार महासंघ सुदुरपश्चिम कमिटिका अध्यक्ष अर्जुन शाहले पछिल्लो समयको अवस्थालाई निकै निरुत्सहित रुपमा रहेको चित्राङ्कन गर्नु भएको छ । नेपाल पत्रकार महासंघ दार्चुला शाखाको चौथो साधारण सभाको विशिष्ट अतिथि रहेका शाहले अहिले मुलुकको स्थिति चौतर्फी रुपमा धराशायी बन्दै गईरहेको आभास भएको बताउनु भयो । मुलुक नयाँ मोडलमा सञ्चालन भईरहेको बेला राज्य सञ्चालनका सबै निकायहरु आ—आफ्नो ढंगले अगाडि बढीरहेको बेलामा कसैको गुणगान गाउने किसिमको पत्रकारिता गरेर सञ्चारकर्मीहरुले कसैको कार्यसिद्धिका लागि दुधको साक्षी बिरालो नबन्न सबै सञ्चारकर्मीहरुलाई सुझाव दिनुभएको छ ।
यसका अतिरिक्त नेपाल पत्रकार महासंघको प्रदेश कमिटि हालसालै मात्रै गठन भएको र अझै पनि सबै किसिमको पुर्णता नपाई रहेको अवस्थामा पनि पत्रकारिता पेशाको हकहितका लागि प्रदेश कमिटिले सदैब पेशागत हकहितको बारेमा वकालत गर्ने बताएको छ । साथै आगामी दिनहरुमा प्रादेशीक संरचनाहरु पनि संघिय सरकारकै शैलीमा बन्ने भएकाले प्रदेश स्तरिय सञ्चार नीति बनेपछि पेशागत हक हित र पत्रकारहरुको क्षमता विस्तारको क्षेत्रमा काम गर्ने बताएका छन् ।