नेपाल पत्रकार महासंघ दार्चुला शाखाको चौथो साधारण सभा सम्पन्न

५ बर्ष अघि

२0७५ मंसिर २१ शुक्रबार

नेपाल पत्रकार महासंघ दार्चुला शाखाको चौथो साधारण सभा सम्पन्न

दृष्टिकोण समाचार, मंसिर २१ दाचुृला । नेपाल पत्रकार महासंघ दार्चुला शाखाको चौथो साधारण सभा शुक्रबार जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ दार्चुला शाखाका अध्यक्ष शंकरसिह धामीको अध्यक्षता एवं सुदुरपश्चिम प्रदेश सभाका उपसभामुख निर्मला जोशीको प्रमुख आतिथ्यतामा साधारण सभा उद्घाटन गरिएको हो । 
कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभाका सदस्य गेल्बुसिह बोहरा, जिल्ला समन्वय समिति दार्चुलाका उपप्रमुख कृष्णसिह धामी, नेपाल पत्रकार महासंघ सुदुरपश्चिम कमिटिका अध्यक्ष अर्जुन शाह तथा दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य विशिष्ट अतिथी रहेका छन् । 
कार्यक्रममा नेकपाका नेता ज्ञानेन्द्र घर्ती,  राष्ट्रिय जनमोर्चाका अध्यक्ष मनबीर दमाई, विवेकशिल साझाका संयोजक चक्रबहादुर बम अतिथी रहेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदुरपश्चिम कमिटीका उपाध्यक्ष दुर्गा भण्डारी, महासचिव योगेश रावल, सचिव प्रेम चुनारा, कोषाध्यक्ष नरेन्द्र भट्ट पनि अतिथी रहेका छन् । 
दार्चुला जिल्लाको पत्रकारिताको इतिहास र बार्षिक प्रगती प्रतिबेदन शाखाका सचिव कृष्णसिह धामीले प्रस्तुत गरेका छन् भने आर्थिक प्रतिवेदन सहसचिव मनोरथ प्रसाद बडुले प्रस्तुत गरेका छन् । कार्यक्रममा पत्रकार महासंघ दार्चुलाका उपाध्यक्ष राजेन्द्रसिह धामीले स्वागत मन्तव्य राखेका छन् ।