महाकाली नगरपालीकाको फाहोर ब्यवस्थापन नहुदा फहोर सडकमै यत्रतत्र 

५ बर्ष अघि

२0७५ मंसिर २१ शुक्रबार

महाकाली नगरपालीकाको फाहोर ब्यवस्थापन नहुदा फहोर सडकमै यत्रतत्र 


दृष्टिकोण समाचार मसिंर २१ दार्चुला । महाकाली नगरपालीकाले फोहोर फाल्ने ठाउँ ब्यवस्थापन गर्न नसक्दा फोहोर सडक मै यत्रतत्र भएको छ । महाकाली नगरपालीकाले सदरमुकामको फोहोर ब्यवस्थापन गर्न नसक्दा सदरमुकाम क्षेत्रको फोहोर महाकाली नगरपालीकाको पुरानो भवनमा थुपारीएको छ । महाकाली नगरपालीकाको कार्यालय निजामती कर्मचारी आवास गृहमा सरेपछि नगरपालीकाको पुरानो भवन प्रयोग बिहिन हुदा फोहोर जम्मा गर्ने ठाउका रुपमा परिणत भएको छ । 
महाकाली नगरपालीकाले फोहोर किम्तडि र खेट्टेबगरमा फाल्दै आएको थियो  त्यहाँका बासिन्दाहूले सो ठाउँमा फोहोर फाल्न नदिदा सदरमुकामको फोहोर सडकमै यत्रतत्र भएकोछ । दार्चुला युथ गु्रपले जनचेतनाको लागी पुरै खलङ्गा सदमुकाम सफा गरेको र नगरपालीकाले सदरमुकामको फोहोर ब्यवस्थापनमा कुनै चासो नदेखाएको दार्चुला युथ गु्रपका कोषाध्यक्ष भुपेन्द्र एरीले गुनासो गरेका छन । जस्तो सुकै स्थानिय सरकार आएपनि जिल्ला सदरमुकामको फोहोर भने अझै ब्यवस्थापन हुन सकेको छैन ।