कानुन लगाएर हुदैन, आफ्नो सरसफाई आफैले गर्नु पर्छ ः मूख्यमन्त्री भट्ट

६ बर्ष अघि

२0७५ बैशाख २७ बिहीबार

कानुन लगाएर हुदैन, आफ्नो सरसफाई आफैले गर्नु पर्छ ः मूख्यमन्त्री भट्ट

बैशाख २६ दार्चुला । सात नम्बर प्रदेशका मूख्य मन्त्री त्रिलोचन भट्टले दार्चुला जिल्ला पूर्ण सरसफाईको चरणमा पुगी सकेकोले सबैले आ—आफ्नो सरसफाई गर्नु पर्ने बताएका छन् । सरसफाई नगर्नलाई कानुन लगाउनु भन्दा पनि स्वयंम्ले आफ्नो सरसफाइका साथै सार्वजनिक क्षेत्रको सरसफाईमा पनि सहयोग गर्नु पर्ने बताएका छन् । दार्चुला जिल्ला खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रमको प्रमुख आतिथ्यतामा दार्चुला पुग्नु भएका मूख्यमन्त्री भट्टले व्यक्ति स्वयंम् सरसफाइ हुनु पर्ने त्यसपछि राज्यको नीति र सार्वजनिक स्थानको सरसफाईमा असहयोग गर्नेलाई मात्र अन्तिममा कानुनी कार्वाहीको प्रक्रियामा ल्याइने भट्टको भनाई थियो । 
दार्चुलाको दिशामुक्त गर्न अठ बर्ष लाग्यो
दार्चुला जिल्ला खुल्ला दिशामुक्त क्षेत्र घोषणा अभियान अन्तरगत दार्चुला जिल्ला कुल २६ हजार २६ घरधुरी मध्ये सबैले सौचालय बनाएर प्रयोग गरिरहेको तथ्याङ्कका आधारमा जिल्लालाई एक कार्यक्रमको आयोजना गरी देशको ५२ औँ र सात नम्बर प्रदेशको आठौँ जिल्लाको रुपमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेको हो । जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति –डिवाससीसी) को प्रतिबेदन अनुसार दार्चुला जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न लागेको आठ बर्षको अवधीमा खर्चको एकीन विवरण दिन नसके पनि झण्डै पौने एक अर्व रुपैँया खर्च गरेको तथ्याङ्क देखाएको छ । 
दर्जन बढी सरकारी र गैरसरकारी निकायको संलग्नता
दार्चुला जिल्लालाई आर्थिक बर्ष २०६८÷६९ देखि २०७५ सालसम्म आईपुग्दा सरकारी तथा गरै सरकारी गरी दर्जनबढी सस्थाकाहरुले काम गरेका छन् । जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा जिल्लाका सबै निकायले साथ दिएका छन् । तर जिल्लामा अझै सौचालय नभएको तथा प्रयोग नगर्नेको संख्या रहेको भन्दै धेरैले विरोध पनि गरेका छन् ।