प्रतिभाहरुको पहिचानका लागि प्रतिभा विकास कार्यक्रम

५ बर्ष अघि

२0७५ मंसिर २0 बिहीबार

प्रतिभाहरुको पहिचानका लागि प्रतिभा विकास कार्यक्रम

रमेश सिह खत्री  ,मंसिर २० दार्चुला 
दार्चुला जिल्लाको व्याँस गाँउपालिकाकोले जिल्लामा रहेका प्रतिभाको पहिचानका लागि प्रतिभा पहिचान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेका छ । मंसिर १८ गतेबाट सञ्चालन गरिएको प्रतिभा विकास कार्यक्रममा दार्चुला जिल्लामा रहेका विभिन्न साँस्कृतिहरुको उथान र स्थानिय कला गलाभएका व्यतिहरुको पहिचान गरि उनिहरुको क्षमता विकासका लागि व्यास गाँउपालिकाको आर्थिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको गाँउपालिका अध्यक्ष दिलिप सिह बुढाथोकिले बताउनु भयो । 
विहिबार सम्पन्न कार्यक्रममा दार्चुला जिल्ला भरिका करिव २० जनाले आ आफ्नो प्रतिभाहरु देखाएका थिए । व्याँस गाँउपालिकाको आर्थिक सहयोग र दुहुँ व्यास साँस्कृतिक तथा पर्यटन विकास समाजको आयोजनामा व्याँस गाँउपालिका वडा नं.६ मा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानिय कलाकारहरुको सहभागिता रहेको र स्थानिय स्थरमा रहेका प्रतिभाहरुको पहिना गरि सस्कृतिको जगेर्ना गरि भाबि पुष्तामा पुगाउन कार्यक्रमको आयोजना गरिएको दुहुँ व्याँस पर्यटन विकास समितिका सचिव निरज बहादुर बलमे जानकारी दिनु भयो । दार्चुला जिल्लामा रहेका विभिन्न संस्कृति र पर्यटकिय क्षेत्रहरुको पहिचानका लागि स्थानिय सरकारको सहयोगमा कार्यक्रमहरु गरिरहेका पनि सचिव बमले बताउनु भयो ।