जिल्ला प्रशासन कार्यालय दार्चुलाको चौमासिक समिक्षा

५ बर्ष अघि

२0७५ मंसिर २0 बिहीबार

जिल्ला प्रशासन कार्यालय दार्चुलाको चौमासिक समिक्षा

दृष्टिकोण समाचार, २० मंसिर दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले चालु आर्थिक बर्ष २०७५÷७६ को प्रथम चौमासिकको पत्रकार सम्मेलन गर्दै समिक्षा गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा प्रवाह र बाह्य समन्वयात्मक कार्यको बारेमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी गराउनु भएको हो । चालु आर्थिक बर्षको कार्तिक मसान्तसम्मको अवधिमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले विभिन्न क्षेत्राधिकार तर्फ भएको प्रगतिको विवरण सार्वजनिक गरेको हो । 
शान्ति सुरक्षा तर्फ ः
सा
नातिना घटना बाहेक शान्ति सुरक्षामा खलल पु¥याउने त्यस्ता घटनाहरु नभएको समिक्षा गरिएको छ । यसलाई सुरक्षा समितिले सामान्य स्थिति बताएको छ । त्यस्तै यो बाहेक जिल्लामा उच्च पदस्त व्यक्तिहरुको पनि आगमन भ्रमणका बेलाको सुरक्षा मजबुत पारीएको, बडा दशै, तिहार, छट जस्ता ठुला चाडपर्वको बेलामा पनि शान्ति सुरक्षा कायम राखिएको समिक्षा गरिएको छ । 
सीमा क्षेत्रको शुरक्षाको स्थितिलाई केन्द्रीय सरकारको अनुमतीमा सीमा नाकाहरुको सुरक्षा र बाँकी भारतको लखनपुर र नजङ क्षेत्रका काठेपुल सञ्चालनमा आएको छ । 
शुसासन÷स्थानीय प्रशासन तर्फ ः
जिल्ला प्रशासन कार्यालयबाट जारी हुने सबै सेवा प्रवाह दुरुस्त पारिएको, जिल्लाका अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुसँग समन्वय गरिएको, जिल्लाभरी सिसीटिभीहरुको निगरानी गरिएको छ । जिल्लाभरी १० वटा निकायले सिसिटीभी सञ्चालन अनुमती लगेर मात्रै  प्रयोगमा ल्याएका छन् । अझै प्रशासनको अनुमतीको प्रक्रियामा ल्याइने छ । चौमासिक रुपमा जिल्ला प्रशासन कार्यालयमा विभिन्न प्रकृतिका ३४ वटा बैठक बसेका छन् । यो अवधिमा ६ सय ५४ पत्र जारी गरिएका छन् भने ७ सय ८३ वटा पत्र प्राप्त गरिएका छन् । त्यसैगरी दार्चुला जिल्लाभरी ३ सय ७१ संघसंस्थाहरु दर्तामा रहेका छन् । तर ति मध्ये २ सय २ संघसंस्थाहरु निष्क्रिय छन् । चालु आर्थिक बर्षको प्रथम चौमासिकमा ६ वटा नयाँ दर्ता भएका छन् । त्यसैगरी ३० वटा संघसंस्थाहरु नविकरण गरिएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिनुभयो । 
विपद व्यवस्थापन तर्फ ः
दार्चुला जिल्लाको समग्र विपद व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयले नेतृत्व गर्ने गरेको छ । चालु आर्थिक बर्षको प्रथम चौमासिकमा विपदका कारण मृतक एक परिवारलाई एक लाख रुपैँया राहत उपलब्ध गराएको छ । त्यस्तै १८ जनाको जमिन क्षती भएको र एक लाख ४० हजार रुपैँया राहत वितरण गरिएको छ । त्यसैगरी सबै स्थानीय तहमा दूईवटाका दरले १८ वटा २ वटा विद्यालयहरुलाई टैन्ट वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा उपलब्ध रबरबोट परिक्षण गरिएको छ । पानीजन्य विपदबाट उद्धार गर्न बोट महत्वपुर्ण रहने छ ।
नागरिकता जारी ः
चालु आर्थिक बर्षको बैशाख देखि हालसम्म  १४ सय २३ नागरिकता जारी गरेको छ । प्रथम चौमासिकमा मात्रै ६ सय २७ पुरुष र ३ सय ४३ महिला गरी ९ सय ७० नागरिकता वितरण गरिएका छन् । त्यस्तै १० वटा नाबालक परिचय पत्र जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट राहदानी बनाउने १ सय ७ र राहदानी विभागबाटै द्रुत सेवा लिनेहरु ३ सय ३६ गरी ४ सय ४३ जनाले सिफारिस लिएका छन् ।  
मुद्दा तर्फ ः
जिल्ला प्रशासन कार्यालयमा चालु आर्थिक बर्षको प्रथम चौमासिकमा २ थान मुद्दा नयाँ दर्ता भएका छन् । त्यसैगरी गतबर्षबाट सरिआएका ६ गरी ८ वटा मुद्दा रहेकोमा ७ वटा मुद्दाहरु फस्र्याैट भएका छन् । जनगुनासो २५ वटा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आयोग अन्तरगतका ६ वटा मुद्दा रहेका छन् । यी मध्ये जनगुनासो सम्बन्धित क्षेत्रमै समाधान गर्न पत्राचार गरिएको र अख्तियारको मुद्दाहरुमा ४ वटा फस्र्यौट गरिएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिनुभयो ।