अपीहिमाल अब बिश्वभर बाट हेर्न सकिने

५ बर्ष अघि

२0७५ मंसिर २0 बिहीबार

अपीहिमाल अब बिश्वभर बाट हेर्न सकिने


दृष्टिकोण समाचार मंसिर २० दार्चुला । दार्चुला जिल्लाको अपीहिमाल गाउँपालिकाले पहिलो पटक मोबाइल एप आज विहिबार देखि सञ्चालमा ल्याएको छ । अपी हिमाल गाउँपालिका मार्फत सञ्चालन गरिदैँ आएका सेवा सुविधालाई अझै सरल, सुलभ तथा प्रभावकारी बनाउनका लागि एन्ड्रोयड मोबाइल एप सञ्चालनमा ल्याइएको अपीहिमाल गाउँपालिकाका सुचना अधिकारी तथा संचार प्रविधि अधिकृत प्रमोद मन्यालले जानकारी दिनु भयो । अहिलेकाे सूचना प्रविधिकाे प्रयाेग गरी बिश्वभरबाट अपीहिमाल गाउँपालिकाकाे कार्य हेर्न सकिने छ । अपीहिमाल गाउँपालिकाका स्थानीयहरुले गाउँपालिकामा सञ्चालन हुने योजना, कार्यक्रम, सुचना, महत्वपूर्ण स्थानको बारेमा जानकारी लगायत गाउँपालिकाबाट प्रदान गरीने सेवा सुविधा सजिलै मोबाइल मार्फत हेर्न सकिने अपीहिमाल गाउँपालिकाका सुचना अधिकारी तथा संचार प्रविधि अधिकृत मन्यालले बताउनुु भयो । आफ्नो मोबाइलमा रहेको पेले स्टोरमा गई अपीहिमाल रुरल म्युनिसिप्यालिटी टाइप गरी डाउनलोड गरेर अपीहिमाल गाउँपालिकाको हरेक सुचना मोबाइलमा हेर्न सकिने मन्यालले बताउनु भयो । अपीहिमाल गाउँपालिकाले एन्ड्रोयड मोबाल एप सुचना प्रविधि विभाग शाखा र स्थानीय विकास परियाेजनाको सहयोगमा सञ्चालनमा ल्याएको छ ।