शंकरपुर मावि पस्तीको  ६६ औ वार्षिक उत्सव सम्पन 

५ बर्ष अघि

२0७५ मंसिर २0 बिहीबार

शंकरपुर मावि पस्तीको  ६६ औ वार्षिक उत्सव सम्पन 

दृष्टिीकोण समाचार मंसिर २० दार्चुला ।। 
दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ मा रहेको शंकरपुर मावि पस्तीको आज एक कार्यक्रम गरी विद्यालयको ६६ औ वार्षिक उत्सव तथा अभिभावक भेला विविध कार्यक्रम गरी समापन गरीएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किसन सिह धामीको अध्यक्षता एवम् मालिकार्जु गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पदम राज पन्तको प्रमुख आर्थित्यतामा कार्यक्रम समापन गरीएको विद्यालयका शिक्षक नवराज जोशीले बताउनु भएको छ । विद्यालयका प्रधानाध्यापकले कार्यक्रमा यो आर्थिक वर्षको कुल आय व्यय प्रस्तुत गर्नु भएको थियो । जसमा  विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गदै आय तर्फ १ करोड ४२ लाख ४० हजार १ सय ३४ रुपैया र १ करोड ४२ लाख ४० हजार १ सय ३४ रुपैया व्याय रहेको विद्यालयका प्रद्यानाध्यापक धनन्जय पन्तले जानकारी दिनु भएको छ । विद्यालयमा विविध सास्कृतिक कार्यक्रमहरु गरी विद्यालयको ६६ औ वार्षिक उत्सव समापन गरीएको विद्यालयले जनाएको छ ।