जिल्ला हुलाक कार्यालय सेवा प्रबाह विहिन बन्दैँ

५ बर्ष अघि

२0७५ मंसिर २0 बिहीबार

जिल्ला हुलाक कार्यालय सेवा प्रबाह विहिन बन्दैँ

दृष्टिकोण समाचार मसिंर २० दार्चुला । दार्चुला जिल्लामा रहेको जिल्लामा हुलाक कार्यालय पछिल्लो समय सेवा प्रबाह विहिन बन्दैँ गएको छ । आर्थिक वर्ष २०६४÷०६५ देखि जिल्ला हुलाक कार्यालयमा सञ्चालन भइरहेको टेलिसेन्टर गत आव २०७४÷०७५ असार मसान्त देखि बन्द भएको छ । विं.स.२०७५ सालको बजेटमा जिल्ला हुलाक मार्फत सञ्चालन भएको बचत बैँक शाखा बन्द हुने भनिए पछि जिल्ला हुलाक कार्यालय सेवा प्रबाह विहिन बन्दैँ गईरहेको जिल्ला हुलाक कार्यालय दार्चुलाका निमित्त प्रमुख चन्द्र बहादुर पालले जानकारी दिनु भएको छ । गत आव सम्म दैनिक रुपमा ६० देखि ७० जना सेवाग्राही आउने गरेपनि हाल ३ देखि ४ जना मात्रै आउने गरेको जिल्ला हुलाक कार्यालय दार्चुलाका निमित्त प्रमुख  पालले बताउनु भयो । हाल जिल्ला हुलाक कार्यालयबाट सरकारी कार्यालयहरुकाे पुलिनाकाे  कार्य गर्नुकाे साथै  पत्रपत्रिका वितरण हुने गरेकाे जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख पन्तले बताउनु भएको छ । दार्चुला जिल्लामा १ जिल्ला हुलाक कार्यालय, १० इलाका हुलाक कार्यालय र ३२ वटा अतिरिक्त हुलाक गरी ४३ वटा कार्यालय रहेका छन् । जिल्ला हुलाक कार्यालयमा १ जना अधिकृत, ३ जना नायव सुब्बा साथै २२ जना सरकारी र ८ जना करार गरी ३० जना हुलाकी रहेका छन् । इलाक हुलाक कार्यालयमा १० जना खरिदार, २४ जना हुलाकी रहेका छन् । त्यस्तै अतिरिक्त हुलाकमा ३२ वटा हुलाक प्रतिनिधी, ३२ पत्र वितरक र १ सय ८ जना हुलाकी रहेको जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख पालले बताउनु भयो ।