प्रथम दुहु महोत्सवको तयारी अन्तिम चरणमा 

५ बर्ष अघि

२0७५ मंसिर १९ बुधबार

प्रथम दुहु महोत्सवको तयारी अन्तिम चरणमा 

दृष्टिीकोण समाचार मंसिर १९ दार्चुला ।।
दार्चुलाको दुहु गाँउपालिकामा पहिले पटक हुन लागेको प्रथम दुहु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘कला कृषि पर्यटन दुहु बासीको सम्पती ,शान्ती सद्भाव एकता समृद्धी र प्रगति ”भन्ने मुल नाराका साथ मंसिर २२ गते देखि मंसिर २५ गते सम्म सञ्चालन हुने गाउँपालिकाका प्रमुख पुलेन्द्र बहादुर कार्कीले बताउनु भयो । प्रथम दुहु हुन लागेको प्रथम दुहु महोत्सवको दुहुमा रहेका सास्कृतिक सम्पदाहरुको जर्गेना गर्ने र पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको आयोजक समितिका उद्घोषण अर्थात हाम्रा सहकर्मी लोकेन्द्र बहादुर बमले जानकारी दिनु भएको छ । कार्यक्रममा विभिन्न कलाकारहरु रेखा जोशी  , सुरेश शाही ,महेश औजी साथै दार्चुलामा स्थापना भएको पहिलो अनलाई मिडिया फेबरेट मिडियाको पनि हास्यबैङ कलाकारहरुले पर्दशनी गर्नुका साथै स्थानीय कलाकारहरुको विशेष प्रस्तुति रहने पनि उद्घोषण समितिका सदस्य लोकेन्द्र बहादुर बमले बताउनु भयो । महोत्सवमा आज सम्म मञ्च निर्माण र दर्शकहरुका लागि बस्नको व्यव्स्था गरिनुका साथै महोत्सवको पुर्व सन्धायामा भोली देखि वडा स्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने पनि बमले जानकारी दिनु भएको छ ।