निर्मला पन्तकाे हत्या प्रकरण एक युवक पक्राउ

५ बर्ष अघि

२0७५ मंसिर १९ बुधबार

निर्मला पन्तकाे हत्या  प्रकरण एक युवक पक्राउ

दृष्टिकोण समाचार मंसिर १९ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटना माथि अनुसन्धान गरिरहेको टोलीले एक जना शंकास्पद  युवकलाई काठमाडौंबाट नियन्त्रणमा लिएको छ । कञ्चनपुर जिल्ला कै एक युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । हाल उनको नाम गोप्य राखिएको छ  । पक्राउ परेका व्यक्ति लागूऔषध दुर्व्यसनी हुन् । विभिन्न समितिले घटनामाथि अनुसन्धान गर्ने क्रममा उनलाई पनि शंकास्पदको सूचीमा राखेको थियो । उनी भारत गएको परिवारले दाबी गरेको थियो ।  पछिल्लो समय उनी काठमाडौंमा देखिएपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको स्रोतको भनाइ छ । उनको डीएनए परीक्षण गरिने प्रहरीको भनाइ छ । कञ्चनपुरमा घटनाको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरज शाही भने घटनाको अनुसन्धान जारी रहेकाले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिर्इ सोधपुछ गर्ने र छोड्ने क्रम चलिरहेको बताउनु भयाे । हत्यारा पत्ता लगाउन  अनुसन्धानका लागि एक जनालार्इ मात्र नभएर  थुप्रै व्यक्तिहरुलार्इ  नियन्त्रणमा लिएकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक प्रहरी नायब महानिरीक्षक (डीआईजी)  शाही बताउनु भएकाे छ ।   घटनामाथि गम्भीरतापूर्वक अनुसन्धान भइरहेको  उहाँले बताउनु भयाे ।