व्याँस गाउँपालिकामा नायव सुब्बाले प्रशासकीय प्रमुखको काम गदै 

५ बर्ष अघि

२0७५ मंसिर १९ बुधबार

 व्याँस गाउँपालिकामा नायव सुब्बाले प्रशासकीय प्रमुखको काम गदै 

 ललित सामन्त मंसिर १९ दार्चुला । 
दार्चुलाको व्याँस गाउँपालिका प्रशासकीय प्रमुख ३महिना वितिसक्दा पनि व्याँस गाँउपालिकाले प्रशासकीय प्रमुख पाएको छैन । प्रशासकीय प्रमुखको ठाउँमा नहुदा अहिले नायब सुब्बा राम दत्त जोशीले  काम गरीरहेका छन् । 
 तिन महिना अघिमात्रै प्रमुख दिलीप सिह धामीको रौतहट जिल्ला सरुवा भएपछि व्याँस गाउँपालिका प्रशासकीय प्रमुख विहीन बनेको व्याँस गाउँपालिका प्रमुख दिलिप सिह बुढाथोकीले बताउनु भयो । 
दार्चुलाको व्याँस गाउँपालिकामा प्रशासकीय प्रमुख नहुदा महत्वपुर्ण कामहरु  रोकीएका थिए।कर्मचारीहरुलाई समेत तलब नदिएको ,वृद्ध भत्ता ,योजनाकामहरु लगायत यस्तै विभिन्न कामहरु नायब सुब्बा जोशीले  गरीरहेको व्याँस गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष धिरेन्द्र सिह बुढाथोकीले जानकारी दिनु भएको छ ।  प्रशासकीय धामीको सरुवा पछि मन्त्रालय बाटै राम प्रसाद ओली आउने भनिएपनि दार्चुला नपुग्दै उनी सरुवा भएका थिए । यसले गर्दा  दार्चुलाको व्याँस गाउँपालिका प्रशासकीय प्रमुख  बिहीन बनेका बेला व्याँस गाउँपालिकामा भने प्रशासकिय प्रमुखको काम नायब सुब्बाले चलाइरहेको  अध्यक्ष बुढाथोकीले जानकारी दिनु भएको छ । 
गतमहिना असोज १४ गतेमात्रै दिलिप सिह धामीको रौतहट जिल्ला सरुवा भएका हुन उनको ठाउँमा राम प्रसाद ओली आउने भनिएतापनि उनी दार्चुला नआएकाले व्याँसका स्थानीयहरुका लागि भने सिहदरबार काठमाण्डौमा नै बनेको छ । तीन महिना वितिसक्दा पनि दार्चुलाको व्याँस गाउँपालिकामा भने प्रशासकीय प्रमुख कारुपमा को आउने भन्ने अहिले सम्म पनि कुनै टुंगो लाग्न सकेका छैन अध्यक्ष बुढाथोकीको भनाई रहेको छ ।  यसरी गाउँका सिहदरबारका व्यतिmहरु कुनै बेला मन्त्रालयबाट र कुनै बेला विदाको समयले गर्दा गाउँका सिहदरका काम कारबाहीमा समस्या आउने कतिपय स्थानीय सरकार प्रमुखको भनाई रहेको छ । यसरी प्रदेश नम्बरको ७ को हिमाली जिल्लाका रुपमा चिनिने दार्चुला जिल्लामा कामगर्न आएका कर्मचारीहरु पनि वढिमा २ वर्ष बस्ने गरेको जानकारहरुको भनाई रहेको छ । दार्चुला जिल्लाका सबै स्थानीय तहसम्म सडक नै नपुगेकाका बेला आएका कर्मचारीहरु पनि सरुवा हुने गरेको व्यासँ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष धिरेन्द्र सिह बुढाथोकीको भनाइ रहेको छ । दार्चुला जिल्ला एउटा त्रीदेशीय सीमा क्षेत्रमा अवस्थित विगट जिल्ला भएकाले पनि दार्चुला आउन नरुचाउने कतिपय जानकारुले गुनासो गर्ने गरेका छन् ।दार्चुलामा भएका कर्मचारीहरु पनि दार्चुलामा धेरै समय नटेक्ने गरेका छन् । यसले गर्दा जनताका सेवा सुविधा भन्दा पनि आफनो सेवासुविधामा रहने गरेको व्याँस गाउँपालिका स्थानीयहरुले गुनासो गरेका छन् ।