प्रथम चाैमासिकमा मुक्तहलिया पुर्नस्थापनाका लागि दार्चुलाका ६६ परिवार छनाेट

५ बर्ष अघि

२0७५ मंसिर १९ बुधबार

प्रथम चाैमासिकमा मुक्तहलिया पुर्नस्थापनाका लागि दार्चुलाका ६६ परिवार छनाेट

दृष्टिकोण समाचार मंसिर १९, दार्चुला ।  

दार्चुला जिल्लामा प्रथम चाैमासिकमा ६६ परिवार मुक्तहलियाहरु छनाेटमा परेका छन् । चालु आर्थिक वर्ष २०७५÷०७६ मा सबै मुक्तहलियाहरुकाे पुनस्थापना गर्ने लक्ष्य सहित घर मर्मत तर्फ ६५ जना र १ जना घर निर्माण तर्फ छनाेट गरिएकाे मालपोत कार्यालय दार्चुलाका सुचना अधिकारी नरबहादुर ठगुन्नाले जानकारी दिनुभयो ।

 हाल पहिलाे किस्तामा घर मर्मत तर्फ प्रतिव्यक्ति ९७ हजार ५ सय रुपैँया र घर निमार्ण तर्फ २ लाख २७ हजार ५ सय रुपैँया वितरण भइरहेकाे मालपाेत कार्यालय दार्चुलाले जनाएकाे छ । साथै सम्पर्क विहीन २१ जना मध्ये ६ जना सम्पर्कमा अाएकाे र सम्पर्क विहीनहरुका लागि समय ताेकिएकाेमा सम्पर्कमा नअाएकाेमा १५ जनाकाे लागत कट्टा भइरहेको  मालपोत कार्यालय दार्चुलाका सुचना अधिकारी ठगुन्नाले बताउनु भयो ।

दार्चुला जिल्लामा आर्थिक वर्ष २०७०÷०७१ देखि मुक्त हलिया पुन:स्थापना कार्यक्रम सुरु भएको हो । दार्चुला जिल्लामा हाल सम्म जम्मा ४ सय ५५ जना मुक्त हलियाहरु पहिचान भएका छन् । जस मध्ये ४ सय ३० जनालाइ परिचय पत्र प्रमाणिकरण गरि वितरण भइ सकेको छ । जस मध्ये हाल सम्म ३ सय ५१ परिवार पुनस्थापना भइसकेका छन  । साथै  बाकी ७९ जनालाई समेत यसै आर्थिक वर्षभित्र पुनस्थापना भइसक्ने छन ।  मुक्तहलियाहरु पुर्नस्थापना  कार्यक्रमले  मुक्तहलियाहरुमा खुसीकाे अाश पलाएकाे छ ।  चालु आव मुक्तहलिया पुर्नस्थापन कार्यक्रमका लागि दार्चुला जिल्लामा १ करोड २६ लाख २५ हजार रुपैँयाको बजेट आएको छ ।