दृष्टिीकोण समाचार मंसिर १८ दार्चुला ।।
दार्चुलाको व्याँस गाउँपालिका वार्ड नम्बर ४ सुन्सेरा वस्ने कलावती खातीले विगत सात वर्ष देखि दार्चुलाको महाकाली नगरपालिका वार्ड नम्बर ४ महाकालीको किनारबाट बलुवा लिएर विगत सात वर्षसम्म व्याँस बाट दार्चुला सदरमुकाम क्षेत्रमा बलुवा बोकेर आफनो जिविका चलाइरहेकी छिन । घरमा आफनो श्रीमान र छोराछोरी मात्रै छोडेर कामका लागि दार्चुला सदरमुकाम क्षेत्रमा जिवन चलाइरहेकी व्याँस ४ का स्थीनीय खातीले बताउनु भयो दिनभरमा महाकाली नगरपालिकाको वाड नम्बर ४ महाकालीको छालबाट टेक्टरमा बालुवा लोड गर्ने र टेक्टरमै चढेर दार्चुला सदरमुकाम क्षेत्रमा उतारने काम गरिरहेको दुहु गाउँपालिका वार्ड नम्बर ४ का अर्का स्थानीय गोमती महराको भनाई रहेको छ । टेक्टरबाट प्रति कट्ठा ५ रुपैयामा बालुवा उतारने गरेको महराले बताउनु भयो । दिन भरिनै कामगरे दिनको ५ सय रुपैया मात्रै पाउने उतm महिलाले बताउनु भएको छ ।
दार्चुलाका कतिपय ठाउँका महिलाहरु आफनो जिवीका चलाउनको लागि छिमेकी राष्ट्र भारत गएर होस या आफनै देशमा पनि यसरी नै जिवीका चलाई रहेका छन् ।
आफनो घर जाने समय भने विशुको लागि मात्रै जाने पनि महराले बताउनु भयो । चुलो चौकोमा मात्रै सिमित रहने महिला अहिले विभिन्न सभा सम्मेलनमा सहभागि हुने गरेका छन् । यतिमात्रै नभई ज्याला मजदुरी गरेर पुरुषहरुलाई पालीरहेका छन् । पुरुषले मात्रै विदेश गएर कामगर्नुपर्ने बाध्यता नभई महिलाहरुले पनि आफनो क्षेत्रबाट काम गर्न सक्ने भएका छन् । यस्तै काम गरेर आफनो श्रीमानलाई पालीरहेकी छिन् व्यासँ ४ सुन्सेराका कलावती खाती विगतका ६ सात वर्ष सम्म दार्चुला सदरमुकाम क्षेत्रमा आएर ज्याला गरेर श्रीमान पालीरहेको बताउनु भयो । ‘खाने मुखलाई जुकाले छेक्दैन” भने झै व्याँसका महिलाहरु परिश्रम गरेर आफनो जिवीका चलाई रहेकी छिन् । असोज महिना र कार्तिक महिनामा चापर्व हुने र खेतीपाती पनि भिञ्याउने गहु र्छनेबेला हुने र त्यसछिका दिनहरु खाली हुने भएकाले दार्चुला सदरमुकाम क्षेत्रमा आएर यस्तो काम गरिरहेको उनी बताउछन् । यसपटक नयाँ वर्षमामात्रै घर जाने उनले भनिन हाम्रो समाजमा पुरुषले काम गरे केही नहुने र महिला दिदि बहिनीहरुले काम गरेहाम्रो समाजले गलत दृष्टिकोणले हेर्नेगरेको उनी भन्नुहुन्छ । यसरी कामका लागि जिल्ला सदरमुकाम झरेरपनि यहाँ आएर काम गरेरकाम गरेता पनि पुरुषहरुले गलत दृष्टिीकोणले. हेर्नलागेको र नाम बताउनु भने मिल्दैन उनी भन्छन् । यसरी राजनितिक परिवर्तन संगै ग्रामीण समुदायका महिलाहरुले पनि केही न केही गर्न सक्ने आट गरेको छौ । महिला नै देशकी राष्टपति बनीसकेका बेला हामीहरुले पनि केही गर्न सक्ने आट छ । भन्छन् कामगर्न आएका महिलाहरु ।