बढी भाडा असुली सर्वसाधारण मार्कामा 

५ बर्ष अघि

२0७५ मंसिर १८ मंगलवार

बढी भाडा असुली  सर्वसाधारण मार्कामा 


दृष्टिकोण समाचार मंसिर १८, दार्चुला ।
जीप व्यवसायीहरुले बढी भाडा असुली गर्दा सर्वसाधारण मार्कामा परेका छन् ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाले अवैधानिक रुपमा पछाडीका सीट सहित सञ्चालन भइरहेका जीपहरुको पछाडीका सीट हटाएपछि जीपधनीहरु तेब्बर भाडा असुली रहेका छन् । जीप व्यवसायीहरुले अगाडीका ५ वटा सिटमा मात्र यात्रु बोक्दा तेलको रुपैँया पनि नउठने भनि बढी भाडा असुली गरी रहेका छन् । जीपहरुको पछाडीका सीट हटाएपछि तोकिएको भाडामा यात्रुहरु लैँजान नमान्ने पछि सर्वसाधारण जनता मार्कामा परिरहेका छन् । अनुमानित १८ किलोमिटर बाटो आफुले अहिले ३ सय भाडा तिरेर सदरमुकाम खलंगा आउनु परेको दुहुँ गाउँपालिका २ बस्ने उमेश जोशीले बताउनु भयो । काम परेपछि जानै पर्ने भएकाले पहिलाको भन्दा तेब्बर भाडा तिर्नु पर्ने तथा बुकीङ गरी जानु पर्ने बाध्यता यात्रुहरुलाई परेको दुहुँ गाउँपालिका २ बस्ने जोशीले बताउनु भएको छ । यस्तै मार्मा गाउँपालिकाको लटिनाथबाट खलंगा आउँदा पहिले ४ सय ५० रुपैँयामा आउने गरेपनि हाल १२ सय  रुपैँया लगेको विनिता बोहराले बताउनु भयो  । सदरमुकाम उपचार गर्नका लागि आएकी विनिताले पहिलेको भन्दा बढी भाडा असुलने गरेकोमा सर्वसाधारण मारमा परेको बताएकी छिन् । जीप चालकहरुले यसरी तेब्बर भाडा असुली गर्दा पैसा भएकाहरुले तेब्बर भाडा तिरेर  जाने गरेता पनि खान लाउनलाई धौधौ पर्ने जनताहरु भने  मर्कामा परेका छन् । काम पर्दा र अप्ठयारो पर्दा त जति भाडा भने पनि जानु पर्ने यात्रुहरुकाे गुनासाे रहेकाे छ । जीपका पछाडीको सीट हटाइएपछि जीपहरुमा लाग्ने तेल र भाडा असुल हुने गरी बुकिङ गरी जीपहरु सञ्चालनमा रहेको महाकाली यातायात व्यवसायी समितिका काउन्टर लबदेव अवस्थीले बताउनु भयो । हाल सम्म जीप व्यवसायहरुले बढी भाडा लैँजाने गरेको गुनोसो नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी तथा प्रबत्ता हिक्मत बहादुर बोहराले बताउनु भयो । यात्रुहरुले ठगिने गरेपनि प्रहरी कहाँ जानकारी नआउँदा कारवाही गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी तथा प्रबत्ताबोहराले बताउनु भयो ।