प्रथम चौमासिकमा भौतिक ३२ प्रतिशत र आर्थिक १८ प्रतिशत प्रगति

५ बर्ष अघि

२0७५ मंसिर १८ मंगलवार

प्रथम चौमासिकमा भौतिक ३२ प्रतिशत र आर्थिक १८ प्रतिशत प्रगति

 

दृष्टिकोण समाचार मंसिर १७, दार्चुला । चालु आर्थिक वर्ष २०७५÷०७६ प्रथम चौमासिकमा भौतिक ३२ प्रतिशत र आर्थिक १८ प्रतिशत प्रगति गरेको महाकाली नदि नियन्त्रण आयोजनाले जनाएकाे  छ । प्रथम चौमासिकमा  रिभेटमेन्ट ७९ मिटर, ९ स्पट, आरसिसि रेटिङवाल ५६ मिटर र ३ सय ९९ मिटर ढुङगाको मेसिनरी वाल निमार्ण सम्पन्न भईसकेको महाकाली नदि नियन्त्रण आयोजना दार्चुलाका सुचना अधिकारी तथा इनिजिनियर उमेश गुप्ताले जानकारी दिनु भयो । चालु आवका लागि १९ करोड  बजेट विनियोजन भएको महाकाली नदी नियन्त्रण आयोजनले जनाएको छ । दार्चुला जिल्लामा २०७० सालमा गएको बाढीले दार्चुला जिल्ला क्षेती पु¥याए पछि महाकाली नदी आर्थिक वर्ष २०७०÷७१ देखि चालु आव २०७५÷०७६ सम्म सम्पन्न गुरुयोजना अधियावधी भई २ वर्ष थप गरिएको  महाकाली नदी नियन्त्रण आयोजना प्रमुख मित्र बरालले बताउनु भएको छ  । हाल महाकाली नदिले कटान गरेको क्षेत्रमा बलियो बाध निर्माण को लागि गुरुयोजना तयार गर्नका निम्ति जोखिमयुक्त ठाउँहरु खोजी भइरहेकाे आयोजना प्रमख  बरालले बताएँ ।