दार्चुलाका आधा दर्जन स्थानमा वर्डर आउट पोष्ट  राख्ने प्रस्तावित 

५ बर्ष अघि

२0७५ मंसिर १८ मंगलवार

दार्चुलाका आधा दर्जन स्थानमा वर्डर आउट पोष्ट  राख्ने प्रस्तावित 

ललित सामन्त ,मंसिर १८ दार्चुला ।
दार्चुलाका आधा दर्जन क्षेत्रमा वर्डर आउट पोष्ट(वीओपी) राख्ने भएको छ । दार्चुलाको सशस्त्र प्रहरीको गुल्म स्थापना भएपछि व्याँको तिंकर छाङरु,राप्लाको दुम्लिङ,व्यास गाउँपालिकाको केन्द्र सुन्सेरा ,महाकाली नगरपालिकाको वडा नम्बर ९ दत्तु यस्तै महाकाली नगरपालिका महाकाली किनारको सीमावर्ती क्षेत्रमा समेत पोष्ट राख्न अध्ययन गरिएको दार्चुलाका सशस्त्र प्रहरी प्रमुख भीमवहादुर चन्दले बताउनु भयो । दार्चुलाको त्रिदेशीय क्षेत्रमा रहेको व्याँस गाउँपालिका तिंकर छाङरु राप्लाको दुम्लिङ  व्याँस गाउँपालिकाको स्थान सुन्सेरामा यस्तै लेकम गाउँपालिका लालीमा महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुमा आउट पोष्ट अर्थात विओपी राख्ने राख्ने गृहकार्य अघि बढिरहेको गुल्म प्रमुख चन्दले बताउनु भयो । नेपालतिरका महाकाली नगरपालिकाको दत्तु क्षेत्र त्यस्तै लेकम गाउँपालिकाको लाली क्षेत्र व्याँसको ग्रव््रयाङ छिमेकी राष्ट्र भारतको सीमवर्तीक्षेत्रमा रहेको छ ।
 भने नेपालको एकमात्र क्षेत्र व्याँस गाउँपालिकाको तिंकर क्षेत्र मात्रै छिमेकी राष्ट्र चीन संग सिमा जोडिएको छ । यस्तै दार्चुलाको पुल सम्ममा पनि सशस्त्र प्रहरी बल गुल्मको पोष्ट रहने भएको छ । भने यो क्षेत्र भारतीय क्षेत्रसंग सिमाना जोडिएको छ । भौगोलिक दृष्टिीकोणले विगट क्षेत्रमा विकासका पुर्वाधारको अवस्था कमजोर रहेको र भारतीय क्षेत्रमा नेपालका व्यक्तिहरु वडिजसो जाने भएकाले र व्यापार क्षेत्रपनि बढिहुने भएकाले उपल्लो तहको निर्णय आदेश आएकाले दार्चुलामा पनि सिमावर्ती क्षेत्रमा विओपीहरुको स्थापना गर्न लागेको सशस्त्र प्रहरी बल प्रमुख भिम बहादुर चन्दले बताउनु भयो । यस्तै उहाले दार्चुलाका विभिन्न ठाउँमा झोलुंगे पुल रहेको र लेकम गाउँपालिकाको वाड नम्बर ३ मा रहेको नेपाल भारत जोड्ने झोलुंगे पुल निर्माण भइरहेको बताउनु भयो । यसले गर्दा छिमेकी राष्ट्रहरु भारत र चीनले नेपाली भुमीमा अतिक्रमण गर्न नसक्ने र नेपाली नागरीकलाई पनि सहज हुने भएको छ ।