मंसिर अन्तिम सम्म जिल्लाका सबै स्थानीय तहको सार्वजनिक सुनुवाइ गरिने

५ बर्ष अघि

२0७५ मंसिर १७ सोमबार

मंसिर अन्तिम सम्म जिल्लाका सबै स्थानीय तहको सार्वजनिक सुनुवाइ गरिने

दृष्टिकोण समाचार, मंसिर १७ दार्चुला । नेपाल पत्रकार महासंघ दार्चुला शाखाको आइतबार बसेको बैठकले दार्चुला जिल्लाका नौ वटै स्थानीय तहहरुको चालु आर्थिक बर्षको सार्वजनिक सुनुवाई कार्यक्रम यहि मंसिर मसान्त सम्म गरिसक्ने निर्णय गरेको छ । शुसासनको क्षेत्रमा गत बर्षबाट जिल्लाका सबै स्थानीय तहमा नेपाल पत्रकार महासंघ दार्चुलाको संयोजनमा भईरहेको सार्वजनिक सुनुवाई कार्यक्रम चालु आर्थिक बर्षको प्रथम चौमासिकमा गर्ने गरी नेपाल पत्रकार महासंघले सयोजन गर्ने भएको छ ।
नेपाल पत्रकार महासंघ दार्चुला शाखाका अध्यक्ष शंकरसिह धामीको अध्यक्षतामा बसेको बैठकले गत आर्थिक बर्ष गरिएको सार्वजनिक सुनुवाईको समिक्षा, चालु आवको प्रथम चौमासिकको समिक्षा पनि गरेको छ । 
साथै नेपाल पत्रकार महासंघको बार्षिक साधारण सभा यहि मंसिर २१ गते गर्ने र दुई दिने शुसासन सम्बन्धी पत्रकारहरुका लागि क्षमता बृद्धि तालिम गर्ने निर्णय पनि गरेको छ ।