नाैगाड गाउँपालिकामा म‌ंसिर २२ र २३ गते घुम्ती शिविर हुँदै

५ बर्ष अघि

२0७५ मंसिर १७ सोमबार

नाैगाड गाउँपालिकामा म‌ंसिर २२ र २३ गते घुम्ती   शिविर  हुँदै

दृष्टिकोण समाचार, मंसिर १७ दार्चुला । दार्चुला जिल्ला प्रशासन कार्यालय दार्चुलाले यहि मंसिर २२ र २३ गते दार्चुला जिल्लाको नौगाड गाउँपालिकामा दुई दिने घुम्ती शिविरको आयोजना गर्न लागेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुला आइतबार सार्वजनिक सूचना जारी गर्र्दै नौगाड गाउँपालिकाको संयोजनमा गाउँपालिका केन्द्र होपरीगाडमा एकीकृत घुम्ती शिविर सञ्चालन गर्न लागेको जानकारी गराएको हो ।
शिविरमा नयाँ नागरिकता जारी गरिने, फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्ने तथा चिकित्सक सेवा दिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । 
सूचना सहित