चमेलीयाको विद्युत प्रशारण लाइन निर्माणको काम अन्तिम चरणमा 

५ बर्ष अघि

२0७५ मंसिर १७ सोमबार

चमेलीयाको विद्युत प्रशारण लाइन निर्माणको काम अन्तिम चरणमा 

ललित सामन्त मंसिर १७ दार्चुला । चमेलीया जल विद्युत आयोजनाले सुदुर पश्चिम प्रदेशका ५ ओटा जिल्ला दार्चुला, बैतडी, डडेल्धुरा, डोटी र कैलालीमा १ सय ३२ केभीको विद्युत्त प्रशारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाँच बाट कैलालीको अत्तरियासम्मको १ सय ३१  किलोमिटर क्षेत्रमा विद्युत प्रसारण लाईन जोड्ने काम अन्तिम चरणमा पुगेको चमेलीया जलविद्युत आयोजना प्रमुख प्रदिप सिंहले जानकारी दिनुभयो ।
आयोजना अन्तरगत नै रहेको इलेक्ट्रोनिक हाइड्रो मेकानिकलको जिम्मा पाएको कोरियन कम्पनीले आयोजना अन्तरगत ४ सय १२ वटा टावर निर्माण गरी अत्तरियासम्म विद्युत्त पुगेको आयोजनाले जनाएको छ ।
विद्युत्त प्रशारण लाइन निर्माणका क्रममा हालसम्म झण्डै सवा दुई अर्ब रुपैँया खर्च भएको छ । प्रसारण लाइन निर्माणको काम सम्पन्न भई विद्युत्त पनि वितरण भईसकेको र छिट्टै निर्माण कम्पनीसँग सम्झौता अनुसारको भुक्तानिको काम बाँकी रहेको छ । 
चमेलीया जलविद्युत्त आयोजना निर्माण पछि हाल प्रशारण लाइनमा अप्टीकल फाइबर सहितको लाइन रहेको र डडेल्धुरा जिल्लासम्म विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले हाइस्पीडको इन्टरनेट सेवा पनि सुचारु गरेको आयोजना प्रमुख सिंहले जानकारी दिनुभयो ।