थापाको हत्यामा संलग्न सेठी सार्वजनिक 

५ बर्ष अघि

२0७५ मंसिर १७ सोमबार

थापाको हत्यामा संलग्न सेठी सार्वजनिक 


 

दृष्टिकोण समाचार मंसिर १७ । जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार विजय थापाको हत्यामा संलग्न रहेको भन्दै पत्रकार सम्मेलन गरी  आशिस सेठीलाई सार्वजनिक गरेको छ ।  मृतक थापा र सेठी एक आपसमा मिल्ने साथी भएको र भारतबाट लागु औषध हिरोईन खरिद गरि संगै सेवन गर्ने गरेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार दुबै जना हिरोईन सेवन गर्नको लागि घटना भएको घरको सिडीमा बसेको बेलामा सेठी र मृतक थापा बिच थप हिरोइन खाने भन्ने कुरामा हातपात भएपछि सिडीमा टाउको ठोकिएर थापा गम्भिर घाइते भएको जनाएको छ । घाईते थापालाई लुकाउन अन्यन्त्र लैजाने मनसाय राखि तानिरहेको अवस्थामा प्रहरीले सेठीलाई पक्राउ गरेको बताएको छ । घटनाको थप अनुसन्धान अझै जारी रहेको प्रहरी नायव उपरिक्षक हरी वलीले बताउनुभयो । धनगढी उपमहानगरपालिका ४ बस्ने बिजय थापाको गत कार्तिक ३० गते राति हत्या भएको थियो । आशिष सेठी यस अघि पनि लागु औषध मुद्धाका फरार अभियुक्त पनि हुन् ।