दार्चुलामा सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्यो, पहिलो पटक पुरुषले गरे मुदा दर्ता

५ बर्ष अघि

२0७५ मंसिर १७ सोमबार

दार्चुलामा सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्यो, पहिलो पटक पुरुषले गरे मुदा दर्ता

रमेश खत्री, मंसिर १७ दार्चुला । नयाँ मुलुकी संहिता लागू भएपछि दार्चुला जिल्ला अदालतमा नयाँ प्रकृतिका मुद्दा दार्ता हुन थालेका छन् । जिल्ला अदालतका अनुसार पहिलो पटक पुरुषद्वारा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता भएको हो । यो महिनामा चार पुरुषले यस्ता मुद्दा दर्ता गराएको अदालतका डिट्ठा लक्ष्मीदत्त पन्तले जानकारी दिनुभयो । महाकाली नगरपालिकाका २ जना मालिकार्जुन गाउँपालिकाका १ जना तथा दुहुँ गाउँपालिकाका १ जना गरी यो महिना चार जना पुरुषले मुद्दा दर्ता गराएका हुन् ।  मुलुकी संहिताको परिच्छेद ३ को धारा ९४ मा पतिले पनि सम्बन्ध विच्छेदको लागि निवेदन दिन सक्ने व्यवस्था अनुसार उनीहरुले अदालतमा मुद्दा दर्ता गरेका हुन् । जिल्ला अदालत दार्चुलामा गत आवमा जम्मा १४ थान सम्बन्ध विच्छेदका मुद्दा  दर्ता भएकोमा चालु आवको पाँच महिनाको अवधिमा सम्बन्ध विच्छेदका १२ थान मुद्दा दर्ता भएको जिल्ला अदालत दार्चुलाले जनाएको छ ।