राष्ट्रिय मा.वि दत्तुले ग¥योः अन्तर विद्यालय भ्रमण

५ बर्ष अघि

२0७५ मंसिर १७ सोमबार

राष्ट्रिय मा.वि दत्तुले ग¥योः अन्तर विद्यालय भ्रमण

दृष्टिकोण समाचार मंसिर १७, दार्चुला । महाकाली नगरपालिका वाड नम्बर ९ दत्तुमा रहेकाे राष्ट्रिय माध्यमिक विद्यालयले  आज सोमबार अन्तर विद्यालय भ्रमण गरेको छ । राष्ट्रिय मा.वि दत्तुका विद्यार्थी तथा शिक्षकहरुले सदरमुकाम खलंगा स्थित रहेको दार्चुला जिल्ला कै नमुनाको रुपमा चिनिन्ने महेन्द्र नमुना मा.वि र एसियन एकडेमी पब्लीक स्कुलको भम्रण गरेका छन् । जिल्लामा रहेका उत्कृष्ट विद्यालयका राम्रो कुराहरु अनुसरण गरी शैक्षिक स्तर सुधार गर्ने उद्देश्यले भ्रमण गरेको राष्ट्रिय मावि दत्तुका लेखापाल गजेन्द्र सिँह गोइलाले बताउनु भयो । विद्यालयका प्रधानाध्यापक राजेश सिँह सामन्त सहित २० जना शिक्षक र २६ जना विद्यार्थीहरुले अन्तर विद्यालय भ्रमण गरेका छन् । भ्रमणमा अन्र्तक्रिया कार्यक्रम, विद्यालयको वातावरण, शैक्षिक गुणस्तरको अवस्था लगायत शैक्षिक प्रदर्शनीका सामग्रीहरुको अवलोकन गरेका छन् ।