प्रथम चौमासिकमा दार्चुलामा ५३ करोड बजेट खर्च

५ बर्ष अघि

२0७५ मंसिर १७ सोमबार

प्रथम चौमासिकमा दार्चुलामा ५३ करोड बजेट खर्च

दृष्टिकोण समाचार मंसिर १७ गते दार्चुला । दार्चुला जिल्लामा रहेका कार्यालयहरुले १२ करोड १५ लाख ९६ हजार ८ रुपैँया ८ पैसा खर्च गरेका छन् । संघिय सरकार अन्र्तगत रहेका कार्यालयहरुले चालु आर्थिक वर्ष २०७५÷०७६ का लागि पुँजीगत तर्फ ५३ करोड ४३ लाख २३ हजार रुपैँया रहेका विनियोजन भएको बजेटमा प्रथम चौमासिकमा सो रकम खर्च गरेका हुन् । त्यस्तै चालुगत तर्फ २ अर्व ८८ करोड ७३ लाख १८ हजार ६ सय ७२ रुपैँया बजेट रहेकोमा प्रथम दार्चुलामा रहेका कार्यालयहरुले ७९ करोड २० लाख ७ हजार ७ सय ६२ रुपैँया ४२ पैसा खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाका सुचना अधिकारी तथा लेखापाल इन्द्रसिँह धामीले बताउनु भयो । सुदुरपश्चिम प्रदेश अन्र्तगत पर्ने ६ वटा कार्यालयका लागि चालु आवमा चालुगत तर्फ ५ करोड ३२ लाख १५ हजार २ सय ३९ रुपैँया बटेज विनियोजन भएकोमा प्रथम चौमासिकमा ७ लाख १२ हजार ८ सय ९२ रुपैँया ७० पैसा खर्च भएको छ । त्यस्तै पुँजीगत तर्फ चालु आवमा २४ करोड ८ लाख ८६ हजार रुपैँया बजेट विनियोजन भएकोमा रहेकोमा सुदुरपश्चिम प्रदेश अन्र्तगत पर्ने घरेलु तथा साना उधोग विकास समिति दार्चुला, डिभिजन वन कार्यालय दार्चुला, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय दार्चुला, खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय दार्चुला, जिल्ला जनस्वास्थ्य कार्यालय दार्चुला र शैल्यशिखर नगरपालिकाले प्रथम चौमासिकमा खर्च गरेका छैनन् । चालु आवकाे प्रथम चौमासिकमा मंसिर १३ गतेसम्म दार्चुला जिल्लाबाट ५ करोड २० लाख २६ हजार १ सय ९४ रुपैँया ९५ पैसा राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाले जनाएको छ ।