कैलालीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

५ बर्ष अघि

२0७५ मंसिर १७ सोमबार

कैलालीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

 कैलाली,१७ मंसिर । जिल्लाको टीकापुर नगरपालिकामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
गएराति टीकापुर नगरपालिका–७, खैरीपुरमा लु ७३ प १९९० नम्बरको मोटरसाइकलले डल्लवलाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार २ जनाको मृत्यु भएको हो । मुत्यु हुनेमा टीकापुर नगरपालिका–७ बैदीका २३ वर्षीय दिवानन्द कोइराला र २२ वर्षीय विष्णु रिमाल छन् ।
३ जना सवार मोटरसाइकलका चालक १८ वर्षीय पवन पाण्डे घाइते छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उता, टीकापुर नगरपालिका– २, बन्दीपुरमा ट्याक्टरको ट्रलीमा से ६ प १९४१ नम्बरको मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ । रोकिराखेको ट्याक्टरमा ठोक्किएर टीकापुर नगरपालिका– ४ का २४ वर्षीय आशिष चौधरीको मृत्यु भएको हो । दुर्घटनामा घाइते चौधरीको कोहलपुर मेडिकल बलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार २३ वर्षीय महेन्द्र चौधरी घाइते भएका छन् । उनको टीकापुर अस्पतालमा अहिले उपचार भइरहेको छ ।