दार्चुला तिङ्कर सडकमा चार महिनाको प्रगती ः सात कलोमिटर ट्रयाक खुल्यो

५ बर्ष अघि

२0७५ मंसिर १६ आईतवार

दार्चुला तिङ्कर सडकमा चार महिनाको प्रगती ः सात कलोमिटर ट्रयाक खुल्यो

सुलोचना महता, मंसिर १६ दार्चुला । दार्चुला तिंकर सडक आयोजनाले चालु आर्थिक वर्ष २०७५÷०७६ को प्रथम चौमासिकमा ७ किलोमिटर २ सय २० मिटर सडकको ट्रयाक खोलेको छ । आयोजनाले भाद्र महिनामा ७ किलोमिटर र असोज महिनामा २ सय २० मिटर ट्रयाक खोलेको हो । 
पछिल्लो समय दार्चुला तिङ्कर सडक आयोजनाको स्वरुप परिवर्तन भएको छ । महाकाली करिडोरको नामबाट हाल सञ्चालन भइरहेको आयोजना अन्तरगत कञ्चनपुर जिल्लाको बह्मदेव देखि दार्चुलाको तिङ्करसम्म ४ सय २६ किलोमिटर सडक निर्माणको काम हुनेछ । जसमध्ये कञ्चनपुरको बह्मदेब देखि दार्चुला सदमुकाम खलंगा सम्म २ सय ९१ किलोमिटर सडकमा चालु आवको प्रथम चौमासिकमा ७ किलोमिटर ट्रयाक खोलीएको आयोजनाले जनाएको छ । साथै सदरमुकाम खलंगा देखि व्याँस गाउँपालिकाको तिंकर सम्म १ सय ३५ किलोमिटर सडक रहेकोमा विजयपुर भिरमा २ सय २० मिटर ट्रयाक खुलेको आयोजनाका इन्जिनियर दिनेश रैखोलाले जानकारी दिनुभयो । 
आयोजना अन्तरगत चालु आर्थिक बर्षमा १८ लाख २१ हजार रुपैँया प्रथम चौमासिकमा खर्च भएको  छ । तिंकर सडक आयोजनाको लागि चालु आर्थिक वर्ष २०७५÷०७६ को बजेट ३० करोड १७ लाख रहेको छ । आर्थिक वर्ष २०६६ ÷६७ बाट सञ्चालन गरिएको दार्चुला तिंकर सडक आयोजनाले सडक निर्माणका लागि हाल सम्म १ सय ८५ वटा ठेक्का सम्झौता गरेको छ ।