बैतडीको दोगडाकेदारमा एक करोड रुपैयाँको लागतमा खेल मैदान निर्माण हुँदै

५ बर्ष अघि

२0७५ मंसिर १६ आईतवार

बैतडीको दोगडाकेदारमा एक करोड रुपैयाँको लागतमा खेल मैदान निर्माण हुँदै

दृष्टिीकोण समाचार मंसिर १६बैतडी ।

बैतडीको दोगडाकेदार गाउँपालिकामा एक करोड रुपैयाँको लागतमा पालिकास्तरीय खेल मैदान निर्माण सुरु गरिएको छ ।गाउँपालिकाको वडा नं. ३ श्रीकोट र वडा नं ७ देउलेकको सीमाना लवलेकमा खेलमैदान निर्माण सुरु गरिएको हो ।खेल मैदान निर्माण गर्न गाउँपालिकाले चालू आर्थिक वर्षमा १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।२ सय मिटर चौडाई र ४ सय मिटर लम्वाई हुने उक्त खेलमैदानका लागि थप बजेटका लागि प्रदेश सरकार र संघीय सरकारसँग माग गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए ।सुविधा सम्पन्न खेल मैदान निर्माण गर्न गाउँपालिकाले आगामी वर्ष पनि केही रकम विनियोजन गर्ने उनले जानकारी ििदए ।