देशको रक्षा देखि जिवनदान गर्ने महापुरुष ः सेनानी गणेश रावल

५ बर्ष अघि

२0७५ मंसिर १६ आईतवार

देशको रक्षा देखि जिवनदान गर्ने महापुरुष ः सेनानी गणेश रावल

दृष्टिकोण समाचार, १६ मंसिर दार्चुला । जुनसुकै मानिसको पनि अन्तिम इच्छा भनेको अझ केही दिन यो संसारिक मोहमा बाँच्ने नै हुन्छ । मृत्यु सैयामा पुगेको मानिसलाई मात्रै पीडाको बारेमा थाहा हुन्छ । र त्यही पीडा बाट कसैलाई मुक्त गराउने पात्र पनि यहि संसारमा जन्मीएका छन् । रगत अभावमा अस्पतालको बेडमा छटपटाईरहेका व्यक्तिहरुको जिवन रक्षाका लागि सातौँ पटक रक्तदान गर्ने दानी महापुरुष हुन्, नेपाली सेना दुर्गादल गुल्म दार्चुलाका गुल्मपती सेनानी गणेश रावल ।
मंसिर १५ गते  महाकाली नगरपालिका २ काँटै बस्ने ३० बर्षकी मानमती फराल अत्यधिक रक्तश्राव भएर राती २ बजे जिल्ला अस्पताल दार्चुलामा पुगिन् । डक्टरले तुरुन्त एबी प्लस रगत अत्यावस्यक भएको बताए । रगत खोज्ने क्रममा दुर्गादल गुल्मका गुल्मपती सेनानी गणेश रावलले रगत दान गरे र मानमतीको ज्यान बच्यो ।
सुुदुरपश्चिमको अछाम जिल्लाम जन्मेका सेनानी गणेश रावलले आफ्नो जिवनको १७ बर्ष देशको रक्षाका लागि विताएका छन् । हाल नेपाल भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा रहेको नेपाली सेनाको दुर्गादल गुल्मको कमाण्डमा रहेका सेनानी रावलले यो भन्दा पहिले देशका विभिन्न ठाउँमा बसेर विपद व्यवस्थापन देखि अन्य विभिन्न मानविय सहयाताका काम गरेका छन् । दार्चुला जिल्ला अस्पतालमा ब्लड बै‌क छ तर त्यहाँ रगत दान गर्ने व्यक्तिकाे अभाव छ ।