दार्चुलाका पर्यटकिय क्षेत्र भोगौलिक विकटताले ओझेलमा 

५ बर्ष अघि

२0७५ मंसिर १६ आईतवार

दार्चुलाका पर्यटकिय क्षेत्र भोगौलिक विकटताले ओझेलमा 

राम सिह धामी, दार्चुला 
जिल्लाको प्रर्यटन क्षेत्रको विकासमा देखिएका चुनौतिहरु मध्ये पहिलो चुनौतिका रुपमा सडक सञ्जाल, विद्युतिकरण र भोतिक पुर्वाधारहरु बाधक बनेका छन ।
दार्चुला जिल्लामा रहेका पर्यटकिय स्थल शैल्यखिशर मालिकार्जुन धाम, चमेलिय जलविद्युत आयोजना, अपिहिमाल, कैलास मान्सरोवर, दुहुँ गाउपालिकामा रहेको ब्रमदेव मन्दिर लगायत थुप्रै पर्यटकिय स्थलहरु रहेका छन । भने जिल्लाका विभिन्न संकृतिहरुको माध्यले पनि दार्चुला जिल्ला अगाडि रहेको पाईन्छ । दार्चुला जिल्लामा रहेका पर्यटकिय स्थलहरु र पुरानो संस्कृतिको प्रचार प्रशासार नहुदा ओझेलमा परेका हुन । तरपनि मालिकार्जुन धामको दर्शन गर्न सुदुरपश्चि लगाय भारतको विभिन्न ठाउहरुबाट भक्तजनहरु आउने गरेको पण्डीत मोहनदेव पन्तले बताउनु भयो । 

पर्यटकहरुलाई लोभ्याउने दार्चुला जिल्लाको संकृति र थुप्रै पर्यटकिय स्थलहरु रहेका भए पनि अझै नाङगा डाँडाहरुलाई हरियालि बनाएर झन आर्कसक बनाउन नौगाड गाँउपाकिाले विरिक्षा रोपणका कार्यक्रम गरिरहेको नौगाड गाँउपालिका अध्यक्ष प्रेम सिह धामीले बताउनु भयो । दार्चुला जिल्लामा रहेको महाकाली नदिमा रवरबोटको प्रयोग , विद्युतिकरण कालागि अपर चमेलिया देखि लिएर लवर चमेलियाका योजनाहरुको विस्तार र दार्चुला जिल्लामा रहेका प्राकृतिक सम्पदाहरुको पहिचानका लागि केन्द्र सरकारले काम अगाडि बढाईरहेको सांसद गणेश सिह ठगुन्नाले बताउनु भयो ।  दार्चुला जिल्लामा रहेका शैल्यशिखर मालिकार्जुन मन्दिर , उकु मलह, लटिनाथ मन्दिर जौपुर , अपिहिमाल, व्यासमा रहेको टिङकर गाँउ सिद्धटोपि, ब्रमदह लगायतका थुप्रै पर्यटकिय स्थलहरु, यर्शागुम्बा, जडामसि, सतुवा बनलशुन लागायतका बहुमुल्य जडिबुढिहरुको पहिचान गरि प्रचार प्रशारमा ल्याउन सके स्वदेशि तथा विदेशी प्रर्यटकहरु भित्राउन सकिने नेपाल पर्यटन पत्रकार महासंघ दार्चुलाका अध्यक्ष राम सिह धामीले बताउनु भयो । 


दार्चुला जिल्लामा लाग्ने रात्री तथा दिवासेवाका मेलाहरुमा मात्रै सिमित नराखिकन सांस्कृतिक सम्पदाहरुको धरोहरका रुपमा मानिने ढुस्को, ठाडोखेल, धमारी, दुहुँक्षेत्रको सरौँ नाच र शौकाजातिको संस्कृति लगायतका थुप्रै प्रम्पराहरु दार्चुलामा रहेका छन । अबका दिन जिल्लामा रहेका पर्यटकिय क्षेत्रहरु र संस्कृतिहरुको पहिचानका लागि स्थानिय सरकारहरुले हातेमालो गरि अगाडि बढ्नु आवश्यक रहेको छ । 

हेर्नुहाेस सबैलार्इ लाेभ्याउने दृष्यहरू -

2

3

4

5

6