२६ बर्ष पछि ४५ किलो चरेस नष्ट ।।

५ बर्ष अघि

२0७५ मंसिर १५ शनिबार

२६ बर्ष पछि ४५ किलो चरेस नष्ट ।।

बझाङ मङसिर १५। जिल्ला अदालत बझाङले २६ बर्ष पछि शुक्रबार ४५ किलो लागुऔषध चरेस नष्ट गरेको छ । २०५४ साल साउन महिनामा विशेष सुराकिको आधारमा प्रहरीले दुई समुहको छुट्टा छुट्टै गरि ४५ किलो चरेस बरामत गरेका थियो ।
शुक्र्रबार दिउँसो जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि जिल्ला अदालतका प्रतिनिधि पत्रकार र सरोकवालाहरुको रोहवरमा उक्त चरेस नष्ट गरिएको हो । सो समयमा प्रहरी गस्ति बाट पत्र्रmउ परेका अभियुक्तहरु मनोसेज्या पुजारा ,महन चन्द र रण बहादुर भन्रे रनी चन्दलाई तत्तकालिन जिल्ला न्यायाधिस धुव्रराजबाट लागु औषध नियन्त्रण ऐन २०३३ को दफा क को कसुरमा सोहि ऐनको दफा १४(१)क बमोजिन सजायको मागदावी रहेको थियो । उनिहरुको साथ बाट ५ किलो ५ सय ग्राम चरेस फेला परेको थियो । मोहन चन्द तत्कालिन समयमा फरार रहेको थियो । निजलाई २०४९ सालको असोजमा प्रहरीले पत्र्रmाउ गरेको मुद्धा अगाडि बढाईएको थियो ।
सोहि समयमा प्रहरीले अर्को समुहको आईते धामी ,सर्पे धामी,सौउरे जाग्री र नरबहादुर बोहरा समेतको गरि ३९ किलो ५ सय ग्राम चरेस बरामत गरेको थियो । पछि विभिन्न समयमा निजलाइहरुलाई पक्राउ गरि कारबाहि प्रकिया अगाडि बढाईएको थियो ।
निज अभियुक्तहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ को दफा ४ क को कसुरमा सोहि ऐनको दफा १४ (१) क बमोजिन सजायको लागी मागदावी रहेको  थियो मिति २०७५ साल भदै २७ गते बाट मुल्तविबाट जगाई सो मुद्धाको मिति २०७५ असोज १० गते प्रतिवादीले सफाई पाउने फैसला भयौ । अभियुक्तहरुले लामो समय पछि सफाई पाएकाले सोहि फौसला बमोजिन बरामद गरिएको लागु औषध नष्ट गरिएको जिल्ला अदालत स्रोतले जनाएको छ ।