ललित सामन्त मंसिर १५ दार्चुला ।।
शैक्षिक प्रदर्शनी तथा प्रतिभा पहिचान कार्याक्रममा दार्चुलाका मेहेन्द्र नमुना माविका कक्षा १०मा अध्ययनरत छात्र मनिस जोशीले ड्रान क्यामरा बनाएर आफनो प्रतिभा पहिचान गरेका छन् । यसअघि पनि जोशीले डिस्पोजलको सफल परीक्षण पछि अहिले स्थानीय सामग्रीको प्रयोग गरी ड्रोन क्यामरा बनाएका छन् । आफनै विद्यालयमा भएको शैक्षिक सामग्री प्रदर्शनी एवं प्रतिभा कार्यक्रममा डा«ेन क्यामरा बनाएर हिजो सबैको ध्यान आर्कषण गर्नुभएको थियो । रिमोट कन्टा«ेलको माध्यमबाट क्यामरालाई नियन्ण गरिने यस प्रविधिमा घरायसी बस्तुको प्रयोग गरिएको पनि विद्यार्थी जोशीले बताउनु भयो । गुगलमा डा«ेन क्यामरा बनाउने प्रविधी हेरेरै एक हप्तामा क्यामरा तयार गरेको हु जोशीले भन्नु भयो । सानै देखि विक्षान विषयमा चासो राख्ने जोशीले नयाँ नयाँ खोज अनुसन्धनबाट नै भएको उनको भनाई छ । विज्ञानमार्फत नयाँ प्रविधीमामा नै रमन रुचाउछु उहाले भन्नु भयो । डा«ेन क्यामराको लागि चाहिने मोटर भने काठमाण्डौ बाट ल्याएको उहाले बताउनु भयो ।