दार्चुलामा किन मनाइएन विश्व एड्स दिवस ?

५ बर्ष अघि

२0७५ मंसिर १५ शनिबार

दार्चुलामा किन मनाइएन विश्व एड्स दिवस ?

सुलोचना महता, १५ मंसिर दार्चुला । आज विश्व एड्स दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी मनाइरहेका बेला दार्चुला जिल्लामा भने विश्व एड्स दिवस मनाईएन । 
विगतमा जिल्ला अस्पतालले एड्स दिवस मनाउने गरेकोमा यो बर्ष दिवस मनाउन परिपत्र आए पनि बजेट अभाव लगायतका विभिन्न कारणले दिवस मनाउन नसकेको जिल्ला अस्पताल दार्चुलाका सुचना अधिकारी शिवराज सुनारले जानकारी दिनु भयो ।  दार्चुला जिल्लामा हाल  ३२ जना एचआइभी÷एड्सका संक्रमित छन् । एचआइभी÷एड्स संक्रमित ४ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा २ जना पुरुष र २ जना बालबालिका रहेको जिल्ला अस्पतालको तथ्याङ्क छ । अहिले दार्चुला जिल्लामा  १२ जना पुरुष, १३ जना महिला र ३ जना बालबालिका गरी २८ जना एचआईभी संक्रमितहरुले उपचार गराईरहेको जनस्वास्थ्य अधिकृत नरेन्द्रराज जोशीले बताउनु भयो ।