ग्रामिण क्षेत्रका महिलाहरुको चेतना स्तर बढ्दै

५ बर्ष अघि

२0७५ मंसिर १५ शनिबार

ग्रामिण क्षेत्रका महिलाहरुको चेतना स्तर बढ्दै

दृष्टिकोण समाचार, मंसिर १५ दार्चुला । दार्चुला जिल्लाको उत्तरी क्षेत्रमा रहेको व्याँस गाउँपालिका वडा नम्बर ५ मा रहेको भूमिराज महिला शशक्तिकरण केन्द्रमा आबद्ध ३४ जना महिलाहरुले  आज भोली आफ्नो र समाजको मुद्धाहरुमा खुलेर छलफल गर्न सक्ने भएका छन् । सन् २०१७ डिसेम्बरबाट दार्चुला दार्चुला जिल्लाको व्याँस गाउँपालिकामा पनि सञ्चालन भएको दक्षिण एसियाली सिमा नदिको पानीको सामुदायिक उपयोग (ट्रोसा) कार्यक्रम अन्तरगत समुहमा आबद्ध भएका महिलाहरुले हाल आएर व्यक्तिगत देखि सामुहिक किसिमका मुद्धाहरुको बारेमा छलफल तथा समाधान गर्न सक्ने क्षमता राख्छन् । 
गतबर्षबाट सुरु भएको ट्रोसा कार्यक्रम यो बर्ष पनि जुलाईबाट पुन सुरु भएको छ । मूख्यगरी समुदायको आयआर्जन, लैङ्गिक हिंसा, घरेलु हिंसा लगायतका कुरितीहरुको विरुद्धमा आवाज उठाउने र अधिकारमुखी विकासको लागि पैरबी, विभिन्न बेलामा स्थानीय सरकारसँग साझेदारी गरी विभिन्न नीतिनियम र कानुन निर्माणमा सहयोग गर्ने, सुझाव दिने र स्थानीय तहसँग कानुनी आबद्धता जस्ता कार्यमा महिला समूह अग्रसर हुने गरेको भूमिराज महिला शशक्तिकरण केन्द्रकी अध्यक्ष नन्दा कुवरले बताउनु भयो ।
चालु आर्थिक बर्षमा महिला समुहमा ५२ भन्दा बढी वेक कक्षाहरु सञ्चालन गरेको, कार्यक्रम अत्तरगतका विभिन्न महिला समुहहरुमा भ्रमण गरिएको, स्थानीयहरुका विभिन्न अधिकारका लागि घरदैलो जस्ता कार्यक्रमहरु भइरहेको ट्रोसा कार्यक्रम अन्तरगत व्याँसको तिग्रममा कार्यरत सामाजिक परिचालक कलावती धामीले जानकारी दिनुभयो । गत बर्ष भन्दा यो बर्ष महिला समुहमा आबद्ध सबै सदस्यहरुको चेतना स्तरमा पनि बृद्धि भएको समाजिक परिचालक धामीको भनाई छ ।