दार्चुलामा ६ जना पत्रकार पुरष्कृत

५ बर्ष अघि

२0७५ मंसिर १५ शनिबार

दार्चुलामा  ६ जना पत्रकार पुरष्कृत

दृष्टिकोण समाचार, मंसिर १५ दार्चुला । दार्चुला जिल्लामा शुसासन पारदर्शिता, जवाफदेहिता र सञ्चार क्षेत्रमा क्रियाशिल संस्था मिडिया विकास समाज नेपालको एघारौँ बार्षिक साधारण सभा तथा रेडियो नयाँ नेपाल एफएमको आठौँ बार्षिकोत्सव कार्यक्रमको अवसरमा जिल्लामा क्रियाशिल ६ जना सञ्चारकर्मीहरु पुरुष्कृत भएका छन् । 
मिडिया विकास समाज नेपाल दार्चुलाले शनिबार आफ्नो बार्षिक साधारण सभाको अवसरमा संस्थाद्वारा सञ्चालित कालापानी सृजनशिल पत्रकारिता पुरष्कारबाट नयाँ नेपाल एफ एम तथा अनलाइन खबरसँग आबद्ध पत्रकार सन्तोष कोट्टारीलाई पुरुष्कृत गरिएको छ । 
यस्तै संस्थामा उत्कृष्ट काम गर्ने आजिवन सदस्य राजेन्द्रसिह विष्ट पनि सम्मानित हुनु भएको छ । त्यस्तै मिडिया विकास समाज नेपालद्वारा सञ्चालित रेडियो नयाँ नेपाल एफएममा कार्यरत पत्रकार इश्वरी बुढाथोकी, मालिकार्जुन एफ एममा कार्यरत पत्रकार गोकर्ण मिश्र, दार्चुला सन्देश दैनिकका पत्रकार जनकराज भट्ट र कालापानी पोष्ट साप्ताहिकमा कार्यरत पत्रकार किशनसिह धामीलाई संस्थाले सम्मान गरेको मिडिया विकास समाज नेपाल दार्चुलाका कार्यकारी निर्देशक शंकरसिह धामीले जानकारी दिनुभयो । कालापानी सिर्जनशिल पत्रकारिता पुरुष्कारको धनराशी ५ हजार १ सय ११ रुपैँया रहेको छ । त्यस्तै अन्य पुरुष्कारहरुको धनराशी  १ हजार रहेको छ ।  हालसम्म दार्चुला जिल्लामा क्रियाशिल आठ जना पत्रकारहरुले कालापानी सिर्जनशिल पत्रकारिता पुरष्कार प्राप्त गरेका छन् ।