क्षेत्रीय प्रतियोगिताको लागि दार्चुला जिल्लाबाट खेलाडी छनौट गरिदैँ ।

५ बर्ष अघि

२0७५ मंसिर १५ शनिबार

क्षेत्रीय प्रतियोगिताको लागि दार्चुला जिल्लाबाट खेलाडी छनौट गरिदैँ ।

दृष्टिकोण समाचार, मंसिर १५ दार्चुला । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको क्षेत्रीय छनोटका लागि दार्चुलाबाट सहभागि हुने खेलाडिहरुको जिल्ला स्तरीय छनौट प्रतियोगिता शनिबारबाट शुरु भएको छ । 
जिल्ला खेलकुद विकास समिति दार्चुलाका अध्यक्ष नारायण दाहालको अध्यक्षतामा खुल्ला मञ्चमा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करबीर बहादुर कार्की प्रमुख अतिथि रहनु भएको थियो । जिल्ला स्तरीय  खेलाडी छनोट प्रतियोगिता सोमबार सम्म खेलाडी छनौट गरिने छन् ।
जिल्लाभरी रहेका खेलाडीहरु मध्येबाट उत्कृष्ट १ सय ६४ जना खेलाडी र २६ जना प्रशिक्षक सहित १ सय ९० जनाको टोली क्षेत्रीय प्रतियोगितामा दार्चुलाबाट प्रतिनिधीत्व गर्ने छ ।  जसका लागि भलिबल खेलमा १० जना पुरुष र १० जना महिला गरी २० जना, फुटबल खेलमा १८ जना पुरुष, एथ्लेटीक्समा ६ जना पुरुष र ४ जना महिला, कबड्डीमा १० जना पुरुष र १० जना महिला, तेक्वान्दो खेलमा  ५ जना महिला र ५ जना पुरुष, बेटमेन्टिन खेलमा खेलमा ५ जना महिला र ५ जना परुष, टिटी खेलमा ५ जना महिला र ५ जना पुरुष, क्रिकेटमा १६ जना पुरुष, उसु खेलमा ५ जना महिला र ५ जना पुरुष, चेस खेलमा ५ जना महिला र ५ जना पुरुष, हेन्डबल खेलमा १० जना पुरुष र कराते खेलमा ५ जना खेलाडीहरु छनोट हुने भएका छन् ।