ब्याँसबासीको सधैँको पीडा  बाटोघाँटो 

५ बर्ष अघि

२0७५ मंसिर १५ शनिबार

 ब्याँसबासीको सधैँको पीडा  बाटोघाँटो 

दृष्टिकोण समाचार, १५ मंसिर दार्चुला । दार्चुला जिल्लाको व्यासँ गाउँपालिका सडक सञ्जालले जोडिन् नसक्दा सार्वजनिक सुनुवाई कार्यक्रम जिल्ला सदरमुकाम खलंगामा गर्नु परेको व्यासँ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अशोक सिँह बोहराले बताउनु भयो । दार्चुला जिल्लाको व्यासँ गाउँपालिका वडा नम्बर १ को गत आर्थिक वर्ष २०७४÷०७५ को अन्तिम चौमासिक र चालु आर्थिक वर्ष २०७५÷०७६ को प्रथम चौमासिक अवधिमा गरेको सेवा प्रवाह र सञ्चालन गरेका कार्यक्रमहरुको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दैँ यस्तो बताएका हुन् । विकासको पहिलो पुर्वाधारको रुपमा रहेको यातायातले गाउँपालिकालाई जोड्न नसक्दा विकासका क्रियाकलाप गर्न गाह्रो परेको बोहराको भनाई छ । व्यासँ क्षेत्रमा सडक सञ्जाल पुग्न सकेमा त्रिदेशीय सीमा नाका समेत खुलेर चीनसंग व्यापार वृद्धी गर्न सकिने पनि व्यासँ गाउँपालिका नम्बर १ का वडा अध्यक्ष बोहराले बताएका छन् । व्यासँ जानका लागि आफनै भुमीमा बाटोघाटो नहुँदा भारतीय भुमी भएर जादाँ भारतीयबाट अमानविय व्यवहार खोप्नु परेको साथै जीवन नै दाउमा राखेर तुइनको जोखिम पुर्ण यात्रा गर्नु परेको व्यासँ गाउँपालिका वाड नम्बर १ का स्थानीय शंकर सिँह बोहराले बताउनु भएको छ ।