माैरेिभिटाकाे खडिखान सञ्चालनमा, स्थानीयलाई रोजगारी 

५ बर्ष अघि

२0७५ मंसिर १५ शनिबार

माैरेिभिटाकाे खडिखान सञ्चालनमा, स्थानीयलाई रोजगारी 

गणेशसिह धामी, १५ मंसिर दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मौरभिटामा रहेको खडिखान सञ्चालनमा आएको छ । गोल्छा सार्प स्टोन प्रालिको नाममा रहेको ५ बर्गकिलोमिटर क्षेत्रफलमा खडि उत्पादनको काम पुर्ण रुपमा सुचारु भएको गोल्छा कम्पनीका इन्जिनियर सञ्जय कुमार आस्थानाले जानकारी दिनुभयो । गत कार्तिक १२ गतेबाट चालु आर्थिक बर्षको काम सुरु गरिएको छ । नेपाल सरकारबाट ७२ सय टन खडि उत्पादन गर्ने अनुमती रहेको भएपनि यो बर्ष बढीमा २५ सय टन मात्रै खडि उत्पादन गर्न सकिने इन्जिनियर आस्थानाको भनाई छ । 
अहिलेको खाडि इन्डष्ट्रिज ग्रेडको उत्पादन भईरहेकोले आगामी दिनमा विभिन्न ग्रेडको खडि उत्पादन गरिने र विभिन्न पाउडर बनाउने काममा प्रयोग गरिने छ । २०७० सालमा कम्पनीका नाममा जग्गा दर्ता भई २०७४ सालमा पनि केही खडि संकलन गरेको र यो बर्षबाट खानीमा निरन्तर काम हुने इन्जिनियर आस्थानाले बताउनु भयो ।
खडिखान सञ्चालन भएपछि हाल १८ देखि २० जनाले रोजगारी पाएका छन् । खानीमा कामको चाप हेरी ३० देखि ४० जनासम्मले रोजगारी पाउने छन् । गोल्छा कम्पनीले खानी विभाग र शैल्यशिखर नगरपालिकासँग सम्झौता गरी  खानी विभागलाई प्रति टन सय रुपैँया र नगरपालिकालाई प्रतिटन २५ रुपैँया राजश्व तिरीरहेको छ । हाल एक ठाउँमा काम भईरहेको र सो क्षेत्रमा ८÷१० स्थानमा खडी उत्पादन गर्न सकिने सम्भावना रहेको गोल्छा कम्पनीका इन्जिनियर सञ्जय कुमार आस्थानाले बताएको छ ।